ghar sansar

प्रकाश रावलले भने– एक जना कार्यालय प्रमुखले भनेको आधारमा सिँचाईका योजना कार्यान्वयन नहुने अवस्था आयो

Amity

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारका निवर्तमान आर्थिक मामिला मन्त्री प्रकाश रावलले सरकारी कार्यालयका प्रमुखले ठिक छैन भनेका आधारमा सिँचाई योजना कार्यान्वयन हुन नसक्ने अवस्था आएको बताएका छन् ।

उनले महाकाली सिँचाई आयोजना तेस्रो चरणका निर्देशक रण बहादुर बमलाई संकेत गर्दैै कञ्चनपुर उद्योग बाणिज्य संघको ३२ औं साधारण सभा उद्घाटनमा यस्तो धारणा राखेका हुन् ।

lotus institite

महाकाली सिँचाई आयोजना तेस्रो चरणका निर्देशक बमले केही महिना अघि आफ्नो कमाण्ड क्षेत्रभित्रका डिप टयुबेल र स्यालो टयुबेलका योजना कार्यान्वयन नगर्नका लागि सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमा पत्राचार गरेका थिए । उनले सिँचाई कार्यालयमा सिँचाई आयोजनाका लागि चाहिेन सिफारिश पनि बन्द गरि दिएका छन् ।
बम आयोजनामा अढाई वर्षदेखि निर्देशक छन् । उनले यस वर्ष सिफारिश नदिएपछि निवर्तमान मन्त्री रावलले बजेटमा पारेका करोडौका सिँचाई योजना अलपत्र पर्ने अवस्था छ । आयोजनाले योजना कार्यान्वयन नगरी सहयोगका लागि मन्त्रालयमा पत्र पठाएपछि रावलले निर्देशक बमसित छलफल गरि सकेका छन् ।

‘सिँचाई धेरै कम भएका छन्, सिँचाई क्षेत्रका योजना कार्यान्वयन नहुने अवस्था छ’ उनले भने,‘एक जना कार्यालय प्रमुखले कार्यान्वयन गर्न ठिक छैन भनेपछि कार्यान्वयन हुन सकि रहेको छैन ।’

सुदूरपश्चिम प्रदेश सभा सदस्य समेत रहेका उनले आयोजनाको कमाण्ड क्षेत्रमा २०८७÷०८८ मा मात्रै पूर्ण रुपमा सिँचाई सुविधा पुग्ने भएकाले त्यस अवधिसम्मका लागि पनि सिँचाई आयोजना कार्यान्वयन हुनु दिनु पर्ने उनको भनाई थियो ।

Himal dental
सम्बन्धित
Loading...