ghar sansar

ठेकेदारले सडक निर्माणमा वेवास्ता गरेको भन्दै भीनपा १८ ले गुहा¥यो नगरपालिका, कारवाहीका लागि पत्राचार

महेन्द्रनगर । भीमदत्त नगरपालिका वडा नं. १८ ले ठेक्का लिएर सडक निर्माणमा वेवास्ता गर्ने निर्माण व्यवसायीलाई कारवाहीका लागि नगरपालिकालाई पत्राचार गरेको छ । वडा अध्यक्ष रविन्द्र प्रसाद देबकोटाले बिहीबार भीमदत्त नगरपालिकाका प्रशासकीय अधिकृत हरि सिह धामीलाई पत्र बुझाएर कारवाहीको माग गरेका हुन् ।

अघिल्लो आर्थिक वर्षमा वडाका विभिन्न टोलमा सडक कालोपत्रेका लागि ठेक्का लिएका ठेकेदार पटक पटक सम्पर्क आग्रह गर्दा पनि वास्ता नगरेपछि वडा कार्यालय कारवाहीका लागि नगरपालिका पुगेको हो । नगरपालिका कार्यालयबाट ती सबै सडकको ठेक्का भएको थियो ।

mahostaw

वडा अध्यक्ष देवकोटाले ठेकेदारले सडक निर्माणमा वास्ता नै नगरेपछि बाध्य भएर कारवाहीका लागि नगरपालिका गएको बताए । ‘धेरै पटक भनि सक्यौ, वास्ता गरिएन’ उनले भने ।

गत वर्ष स्थानीय तह निर्वाचनबाट देवकोटा निर्वाचित भएर आएपछि ती सडक योजनाको बजेट कटौती गरिएको थियो । त्यस विरुद्ध उनले ती सडकमा धर्ना दिएका थिए । त्यसपछि नगरपालिकाले कटौती गरिएको फेरि दिने निर्णय गरेको थियो ।

Himal dental
सम्बन्धित
Loading...