मदनचोकमा विरामी बोकर आएकी सिसैयाकी महिलालाई दुई महिला प्रहरीले एक घण्टासम्म थर्काए, फर्किने बेलामा ती महिलाले भनिन्,–सक्नु हुन्छ भने अब जेल हाल्नु

महेन्द्रनगर । विरामी बोकेर आएकी महिलालाई जनपद र ट्राफिक प्रहरीले मदनचोकमा थर्कापछि उनले आफूलाई जेल हाल्न चुनौती दिएकी छन् । बेदकोट नगरपालिका सिसैयाकी ती महिलासित केही समय अघि एक घण्टासम्म ती दुई प्रहरीले विवाद गरेका छन् ।

क्याम्पस रोडको पूरानो बैंक लिमिटेड नजिक विरामी बोकेर आएकी महिलालाई आफूलाई बाटो बन्द भएको थाहा नभएको र विरामी बोकेर आएकोले जान दिन आग्रह गर्दा समेत एक घण्टासम्म विवाद गरी फर्र्काई दिएका छन् ।

ती महिलाले फर्किन अघि ट्राफिक प्रहरी कविता भुसाल र अर्की जनपद प्रहरीलाई आफूलाई जेल हाल्न चुनौती दिएकी छन् । जेल हाल्न चुनौती दिएपछि विरामीलाई मोटरसाइकलमा बसाएर फर्किएकी छन् । उनले फर्किने बेला ती विरामीको पेटमा समस्या भएका बताएकी छन् ।

मदनचोक मेनरोड सडक निर्माणका लागि ठेकेदारले रोलर लगाएर सम्याई रहेको छ। त्यसका लागि ती दुई महिला प्रहरी सहित अन्य प्रहरी खटिएका छन् । उनीहरुले यात्रुलाई आउजाउ गर्न दिई रहेका छैनन् । यात्रु आवतजावत रोक्न क्याम्पस रोड र मदनचोक क्षेत्रमा डोरी बाँधिएको छ ।

सिसैयाकी आदिवासी जनजाति समुदायकी ती महिलाले विरामीलाई बोकेर आफूहरु तीन जना मोटरसाइकलमा आएको र प्रहरीले जान नदिएको बताइन् । एक जना युवाले चलाएको मोटरसाइकलमा उनी सहित अर्की विरामी महिला सवार थिइन् ।

ती महिला फर्र्किएपछि दुबै महिला प्रहरीले आफूहलाई यस ठाउँमा खटाएको बताइन् । उनीहरुलाई त्यहाँ भएका अन्यले ठेकेदारको काममा तपाईहरु किन खटिएको भनेर प्रश्न गरेका थिए । उनीहरुले आफूहरु ठेकेदारको काममा नभर दुर्घटना रोक्न खटिएका बताएका थिए ।

विरामीलाई मोटरसाइकलमा राखेर फर्र्किएपछि ती दुबै प्रहरीले भने,‘विरामी भनेर तीन जना बोक्दा पनि केही भनेका छैनौ, उल्टै ठूलो कुरा गर्दैछे, अझै स्वास्थ्यकर्मी पनि हुँ भन्दैछ ।’

सम्बन्धित
Loading...