ghar sansar

ठेकेदारको अटेरी विरुद्ध सडक आन्दोलनमा उत्रिने वडा अध्यक्ष देवकोटाको चेतावनी

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका वडा नं. १८ का वडा अध्यक्ष रविन्द्र प्रशाद देवकोटाले सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् । आफनो पालिकामा ठेक्का लिएर सडक निर्माणमा वेवास्ता गर्ने निर्माण व्यवसायी एलपी कन्ट्रक्सनलाई पटक पटक सम्पर्क आग्रह गर्दा पनि अटेरी गरी योजना अलपत्र पारेर स्थानियलाई दुख दिएको विरुद्धमा अब सडक आन्दोलनमा स्थानियहरु नै आउने बताए ।

वडा अध्यक्ष देबकोटाले आफनो पालिकामा बिभिन्न सडक निर्माणमा काम गर्ने निर्माण कम्पनीका ठेकेदारहरुले लापरवाही गरी योजनाहरु सम्पन्न नगरेको, पटक पटक सम्पर्क आग्रह गर्दा पनि वास्ता नगरेर योजनाहरुलाई अलपत्र पारी स्थानीयलाई सास्ती दिने ठेकेदाहरुका विरुद्धमा अब स्थानियहरुले सडक आन्दोलन गर्ने चेतावनी दिए ।

Anant bahu travels
dirghayi clinic

उनले विगतको दिनमा पनि वडामा आएको बजेट हरु कटौती गर्ने, संचालनमा रहेको योजनाहरुमा काम हुन नदिने जस्ता कार्यहरु भएको अवस्थामा गएको मंसिर २० गते देखी एक हप्ता निरहार सडकमा बसेर आन्दोलन गर्नु परेको स्मरण गर्दै अहिले पनि कडा रुपमा प्रस्तुत हुने चेतावनी दिए । उनले उक्त समयममा सडकबाट नै कार्यालयको काम हरु गर्दै अनसन पनि बसेका थिए ।

भीमदत्त नगरपालिका १८ का खैरभट्टी शान्ती टोल, गोबरिया नेगी टोलदेखी पूर्व जाने बाटो, निम्बुखेडा पुरानो स्वास्थ्य चौकीदेखी पूर्व जाने बाटो, निम्बुखेडा उल्टाखाम पुलदेखी दक्षिण जोड्ने बाटो, र पत्थरपुर जोडने बाटोको बजेट कटौती गरिएको थियो । त्यसपछि नगरपालिकाले कटौती गरिएको फेरि दिने निर्णय गरेको थियो । अध्यक्ष देवकोटाले अन्तिममा आएर भीमदत्त नगरपालिकाका प्रशासकीय अधिकृत हरि सिह धामीलाई पत्र बुझाएर कारवाहीको माग पनि गरेका छन् ।

अघिल्लो आर्थिक वर्षमा वडाका विभिन्न टोलमा सडक कालोपत्रेका लागि ठेक्का लिएका ठेकेदार पटक पटक सम्पर्क आग्रह गर्दा पनि वास्ता नगरेपछि ठेकेदारहरुलाई कारवाहीका लागि नगरपालिका पुगेको हो । नगरपालिका कार्यालयबाट ती सबै सडकको ठेक्का भएको थियो । वडा अध्यक्ष देवकोटाले ठेकेदारले सडक निर्माणमा वास्ता नै नगरेपछि बाध्य भएर कारवाहीका लागि नगरपालिका गएको बताए ।

Himal dental
सम्बन्धित
Loading...