एमाले कञ्चनपुर इन्चार्जमा राना

महेन्द्रनगर । एमालेले पोलिटब्युरो सदस्य नारदमुनि रानालाई कञ्चनपुर इन्चार्जको जिम्मेवारी दिएको छ । एमालेले जिम्मेवारी हेरफेर गर्दै इन्चार्ज निरुदेवी पाललाई बैतडीको जिम्मेवारी दिएर रानालाई कञ्चनपुर इन्चार्ज बनाएको हो ।

पूर्व मन्त्री रानालाई यस अघि मिसन ग्रास रुट अन्र्तगत कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ को जिम्मेवारी दिइएको थियो । उनी कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट अघिल्लो चुनावमा निर्वाचित भएर वन मन्त्री भएका थिए ।

एमालेमा स्थानीय निकाय र संसद दुबैमा अनुभव हासिल गरेका नेता पूराना नेता हुन् । उनी गत वर्ष २०७९ को निर्वाचनमा पराजित भएका थिए । एमालेको चितवनमा सम्पन्न नवौ महाधिवेशनबाट केन्द्रीय सदस्य भएका उनलाई पोलिटब्युरो सदस्य बनाइएको थियो ।

सम्बन्धित
Loading...