महेन्द्रनगर । युनाइटेड पब्लिक सेकेन्ड्री स्कुलका विद्यार्थीले सोमबार ५१ औं विश्व वातावरण दिवसमा महेन्द्रनगर बजार क्षेत्रमा सरसफाई गरेका छन् । बजार क्षेत्रमा ¥याली निकालेर विद्यार्थीहरुले सरसफाई गरेका छन् ।
विद्यालयबाट सुरु गरिएको ¥यालीले बजारका विभिन्न क्षेत्रमा परिक्रमा गरेको छ । ¥यालीका क्रममा विद्यार्थीहरुले वातावरण संरक्षणका लागि सबैलाई लाग्न आव्हान गरेका छन् ।
वातावरण संरक्षण, प्लाष्टिकको प्रयोग नगरौ, वातावरणलाई हानी नोक्सानी हुने कार्य नगरौ लगायतका विभिन्न नाराहरु लेखिएका ब्यानर बोकेर विद्यार्थी ¥यालीमा सहभागी भएका छन् । उनीहरुले ¥यालीका क्रममा फालिएका फोहर संकलन गरी सफा गरेका छन् ।
विद्यालयका प्रिन्सिपल राजेन्द्र सिह सावदले जनचेतना मुलक कार्यक्रम र सरसफाई गरिएको बताए ।
उनले बजार क्षेत्रका सबै शालिकमा सफाई गरिएको बताए । विद्यालयमा कक्षा ६ देखि १० सम्मका विद्यार्थी कार्यक्रममा सहभागी भएका छन् ।