Sarsoti

सालघारीको सुकुम्बासी वस्तीमा आगलागी, सिहको घर जलेर खरानी

lotus institute

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ सालघारीस्थित सुकुम्बासी वस्तीमा आगलागी भएर एक घर पूर्ण रुपमा ध्वस्त भएको छ ।

विद्युत तार सर्ट भएर मंगलबार विहान ११ बजे कलावतकिो सिंहको कच्ची घरमा आगलागी भएको छ । आगलागी भएर घर र घरभित्रका सबै समान जलेर खरानी भएका छन् ।

morning glory
Mahendranagar

भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटाले आगलागीबाट घर र घरभित्रका सबै समान जलेको बताए । उनका अनुसार घरभित्र राखिएका नगद सहित लत्ता कपडा र खाद्यान्न सबै जलेका छन् । भाँडाकुँडा पनि जलेर काम नलाग्ने भएका छन् ।

भीनपा १८ को योजना तर्जुमा कार्यक्रम सिह सहभागी हुन आएको बेला घरमा आगलागी भएको हो । स्थानीयले आगो लागेको जानकारी गराएपछि वडा अध्यक्ष देवबकोटा सहित सदस्यहरु तत्काल त्यहाँ पुगेका थिए ।

वडा अध्यक्ष देवकोटा सहित वडा सदस्य हेम वस्नेत, रुपा जैरु, सीता भण्डारी लगायत कार्यक्रमका सहभागी, नगर प्रहरी र अन्य स्थानीय सबैले पानी फालेर आगो नियन्त्रणमा लिएका छन् ।

वडा कार्यालयले तत्काल सिहलाई राहत स्वरुप नगद १५ हजार सहयोग गर्ने वडा अध्यक्ष देवकोटाले घोषणा गरे । ‘यो दुःखद घट्ना भयो, तत्काल राहत स्वरुप १५ हजार सहयोग गर्छौ’ उनले भने ।

saark school
सम्बन्धित
Loading...