सालघारीका आगलागी पीडितलाई राहत प्रदान

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ सालघारीमा आगलागी भएको परिवारलाई राहत सामाग्री सहयोग गरिएको छ ।

वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटाले वडाको पहलमा तत्कालका लागी सामाजिक संस्था नेपाल राष्ट्रिय समाज कल्याण संघ एनएनएसडब्लुए कञ्चनपुर र भीमदत्त नगरपालिकाले पिडित कलावती सिंहलाई सामाग्री सहयोग गरिएको बताए ।

एनएनएसडब्लुएले त्रिपाल, भाँडाकुडा,भान्सामा चाहिने सामग्री लगायत सामग्री दिएको छ भने नगरपालिकाले विपद व्यवस्थापनबाट २ कट्टा चामल दाल, तरकारी, नुन तेलहरु सहयोग गरेका वडा अध्यक्ष देवकोटाले जानकारी दिएका छन् । उक्त क्षेत्रमा रहेको सुकुम्बासी वस्तीमा आगलागी हुँदा कलावतीको सिंहको घर पूर्णरुपमा ध्वस्त भएको हो ।

वडा कार्यालयले तत्काल सिहलाई राहत स्वरुप नगद १५ हजार सहयोग गर्ने वडा अध्यक्ष देवकोटाले घोषणा गरेका छन् । वडा अध्यक्ष देवकोटाले यो दुःखद घट्ना भएको छ, तत्काल वडाबाट विपद व्यवस्थापनबाट राहत स्वरुप १५ हजार सहयोग गर्ने जानकारी दिए ।

सम्बन्धित
Loading...