
महेन्द्रनगर । अनेरास्ववियु कञ्चनपुरको संयोजकमा संवठनका सचिव अमर धामी चयन भएका छन । मंगलबार अनेरास्ववियु कञ्चनपुरको बैठकले धामीलाई संयोजकको जिम्मेबारी दिएको हो ।
जिल्ला अध्यक्ष कमल रोकाया र उपाध्यक्ष नरेन्द्र कार्की महाधिवेशनमा चुनाव लडेर स्वतः संगठनबाट विदा भएपछि धामीलाई जिल्ला संयोजकको जिम्मेवारी दिइएको छ । उनी यस अघि अखिलका सचिव थिए ।
अखिलले महाधिवेशनमा चुनाव लड्ने नेतालाई संगठनबाट विदा गर्ने निर्णय गरेको थियो । अध्यक्ष रोकाया र उपाध्यक्ष कार्की दुबै चुनाव लडेर पराजित भएका थिए ।
पराजित कार्कीले भने सामाजिक सञ्जालबाट अखिलबाट विदा लिएको औपचारिक घोषणा गरेका छन् । रोकायालाई भने अखिलको सुदूरपश्चिम प्रदेश सह संयोजक बनाइएको छ ।
सह संयोजक रोकाया एमालेमा दामोदर भण्डारी राजेन्द्र रावल गुटका हुन् । उनी एमालेको आठौं जिल्ला अधिवेशनबाट एमाले जिल्ला सदस्यमा पनि निर्वाचित भएका थिए ।
संगठनबाट बाहिरिएका कार्की र संयोजक भएका धामी कर्ण थापा गुटका हुन् । एमालेको सुदूरपश्चिममा भण्डारी र थापा दुई गुट छन् । उनीहरु दुबै अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र हुन् ।
