लेखक भन्छन्– सम्मेलनले खप्तड र सुदूरपश्चिमलाई अन्तर्राष्ट्रीय स्तरमा चिनाउन थप सहयोग पुग्छ

महेन्द्रनगर । काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रथम खप्तड अन्तर्राष्ट्रीय आध्यात्मिक सम्मेलनले खप्तड र सुदुरपश्चिमलाई अन्र्तराष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने बताएका छन् ।

सम्मेलन उद्घाटन कार्यक्रममा सहभागी उनले खप्तडमा प्रधानमन्त्री, बाबा राम देब लगायतसित महत्वपूर्ण भेटघाट भएकोमा खुसी व्यक्त गरेका छन् ।

लेखकले आफ्नो फेसबुकमा भनेका छन्,‘सम्मेलन उद्घाटनको क्रममा अत्यन्त रमणीय एंव स्वर्गतुल्य पवित्र भूमि खप्तड पुग्ने अवसर प्राप्त भयो । सम्माननीय प्रधानमंत्री, योग गुरू बाबा राम देव, आयुर्वेदाचार्य बालकृष्णजी सहित अन्य महत्वपूर्ण महानुभाव साथी भाईहरूसंग साथ र भेटघाट भयो। आयोजक र सहयोगी सबैमा धन्यवाद। यस कार्यक्रमले खप्तड र सुदुरपश्चिमलाई अन्र्तराष्ट्रिय स्तरमा चिनाऊन थप मदत्त गर्ने विश्वास लिएको छु ।’

सम्बन्धित
Loading...