ghar sansar

भीमदत्तमा सबैभन्दा बढी मतदाता भएको वडामा पनि काटियो बजेट, ९२ लाखमा झर्यो

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाको सबैभन्दा ठूलो वडा १८ नम्बर वडाको बजेट कटौती भएर ९२ लाख पुगेको छ । भीमदत्त नगरपालिकाले चालु आर्थिक वर्षका लागि एक करोड २७ लाख बजेट विनियोजन गरेको थियो ।

गत वर्ष बजेट विनियोजनका क्रममा पनि बजेट घटेपछि वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटाले दबाव दिएर एक करोड २७ लाख पुगेको थियो । वडा अध्यक्षले दबाव दिएर बढाएको बजेट अहिले आर्थिक मन्दीका कारण कटौतीमा परेको हो ।

,orning glory badhai
dirghayi clinic

वडा कार्यालयको बजेट घटे पनि वडाबाट संकलन हुने राजश्व भने गत वर्षको हाराहारीमा पुग्ने भएको छ । वडा कार्यालका अनुसार गत वर्ष ३३ लाख राजश्व संकलन गरिएको थियो । यस वर्षको अन्तिमसम्म गत वर्षको हाराहारी राजश्व संकलन हुने वडा अध्यक्ष देवकोटाले बताए ।

‘बजेट घटेर आयो, राजश्व गत वर्षको हाराहारीमा हुन्छ, गत वर्ष ३३ लाख राजश्व संकलन गरिएको थियो, अझै एक दुई लाख थप राजश्व संकलन हुन्छ’ उनले भने ।

वडा कार्यालयले मंगलबार आयोजना गरेको आगामी आर्थिक वर्षको योजना तर्जुमा तथा प्राथमिकीकरण र चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाई कार्यक्रममा उनले यस वर्ष न्यायोचित बजेट वितरण हुनु पर्ने बताए ।

‘यो नगरपालिकाको सबैभन्दा ठूलो वडा हो, सबैभन्दा बढी जनसंख्या छ, विकास निर्माृणका समस्या छन, जनजीविकाका समस्या छन्’ उनले भने,‘वडाले राजश्व गत वर्षको हाराहारीमा उठाउँछ, बजेट पनि त्यस अनुसार न्यायोचित रुपमा पाउनु पर्छ भन्ने हो ।’ यो भीमदत्त नगरपालिकाको सबैभन्दा बढी मतदाता भएको वडा हो ।

Himal dental
सम्बन्धित
Loading...