ghar sansar

एमालेमा नेतृत्वसित पहुँच हुनेलाई मालामाल, नहुनेको बेहाल

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिंह रावल र केन्द्रीय सदस्य कमला बोहराले जिल्ला र पालिकाको इन्चार्ज सहित दुई विभागमा पनि जिम्मेवारी पाएका छन् ।

एमालेको हालै सम्पन्न सचिवालय बैठकले नेता रावललाई स्कुल विभाग र बोहरालाई प्रचारको थप जिम्मेवारी दिएको हो । दुबै जनाले सुदुरपश्चिम प्रदेशमा यी दुई विभागको नेतृत्व गर्ने एमालेले जनाएको छ। यसका साथै नेता रावल बझाङको जिल्ला इन्चार्ज समेत तोकिएका छन्।

,orning glory badhai

केन्द्रीय सदस्य बोहरालाई कंचनपुर क्षेत्र नम्बर २ को तीन पालिकाको इन्चार्ज बनाइएको छ ।
रावल र बोहरा दुबै एमाले सुदूरपश्चिम प्रदेशका तत्कालिन इन्चार्ज लेखराज भट्ट र अध्यक्ष दामोदर भण्डारी समूहका हुन् । गत वर्ष एमाले कञ्चनपुरको आठौं जिल्ला अधिवेशनमा उनीहरु दुबै जनाले नेतृत्व गरेको प्यानल लज्जास्पद रुपमा पराजित भएको थियो । त्यस प्यानलका ५ प्रतिशत मात्रै उम्मेदवार सदस्यमा निर्वाचित भएका थिए ।

dirghayi clinic

एमाले सुदूरपश्चिमका अध्यक्ष र तत्कालिन इन्चार्ज भट्ट दुबै एमाले अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र भएपछि चुनावमा पराजित सबै नेता पार्टीमा मनोनित भएका छन् । एमाले जिल्ला कमिटीबाट सिफारिश नभएर पनि बोहरालाई गत वर्ष बेलौरी नगरपालिकाको मेयरको टिकट दिइएको थियो ।

एमालेका प्रदेश इन्चार्ज भट्ट अहिले कर्णाली इन्चार्ज भएका छन् । सुदूरपश्चिममा इन्चार्ज भट्ट भण्डारी र अर्का पोलिटब्युरो सदस्य कर्ण थापाको समूह छन् । दुई समूहमध्ये भट्ट भण्डारी समूहलाई महासचिव शंकर पोखेरल र थापा समूहलाई उपाध्यक्ष विष्णु पौडेल समूहले साथ दिएको छ ।

अध्यक्ष ओलीसित पहुँचको आधारमा भट्ट भण्डारी समूह बलियो देखिए पनि साँगठनिक रुपमा यो समूह निकै कमजोर मानिन्छ । एमालेमा यस समूहभित्र वर्षौदेखि अध्यक्ष ओलीको गुटमा लागेर पहुँच बनाएका नेता अहिले पार्टीका जिम्मेवारीमा छन् ।

एमाले विभाजनपछि तत्कालिन माधव नेपाल समूह बाहिरिएपछि अहिले एमालेमा अध्यूक्ष ओलीको गुटका सबै नेता पार्टी जिम्मेवारीमा हर्ताकर्ता भएका छन् । सुदूरपश्चिममा उनीहरुले जिम्मेवारी पाएपछि स्थानीय र आम निर्वाचन दुबैमा लज्जास्पद नतिजा व्यहोरेको छ ।

अहिले एमालेमा बसेका तत्कालिन माधव नेपाल समूहका नेता भने जिम्मेवारी विहीन छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का निवर्तमान साँसद डा. दिपक प्रकाश भट्ट अहिले पार्टीको साधारण सदस्य मात्रै छन् । एमालेका निवर्तमान उपाध्यक्ष भीम रावल आफैं जिम्म्ेवारी विहीन छन् ।

Himal dental
सम्बन्धित
Loading...