ghar sansar

मोटरसाइकलको काम नभएको भन्दै अध्यक्ष बुढाले गरि दिए नगरपालिकालाई फिर्ता

महेन्द्रनगर । भीमदत्त नगरपालिका १७ का वडा अध्यक्ष पदम बुढाले वडा कार्यालयलाई दिइएको सवारी साधन नगरपालिकामा फिर्ता गरेका छन् । भीमदत्तको अघिल्लो सरकारले वडा कार्यालयलाई म १ प ३५७ नम्बरको मोटरसाइकल दिएको थियो ।

वडा अध्यक्ष बुढाले वडा कार्यालयमा मोटरसाइकलको काम नभएपछि फिर्ता गरेका छन् । उनी आफ्नै व्यक्तिगत मोटरसाइकल प्रयोग गरी वडाको कामकाज गर्दै आएका छन् ।

mantra hos123

‘मोटरसाइकल वडा कार्यालयलाई दिइएको थियो, म आफ्नै मोटरसाइकल चलाउँछु, अन्य सदस्य र कर्मचारीसित पनि आफ्नै साधन छन्’ उनले भने,‘खाली वडा कार्यालयमा राख्नु भन्दा फिर्ता गरि दिएको छु ।’

भीमदत्त नगरपालिकाका सबै १९ ओटै वडालाई मोटरसाइकल दिइएको थियो । ती मोटरसाइकल वडा अध्यक्ष र सदस्यले वडाको काममा प्रयोग गर्दै आएका छन् ।

काँग्रेसका वडा सभापति बुढा गत वर्षृ स्थानीय तह निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएका हुन् । उनी दोस्रो प्रयासमा अध्यक्ष भएका हुन् । २०७४ मा भने उनी वडा अध्यक्षमा पराजित भएका थिए ।

Himal dental
सम्बन्धित
Loading...