ghar sansar

दोधारा चाँदनीमा विद्यालय कर्मचारीको आन्दोलनमा शिक्षक महासंघको ऐक्यवद्धता, आन्दोलनमा सहभागी हुने

little buddha academy
khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकामा शिक्षक महासंघले विद्यालय कर्मचारीको आन्दोलमा ऐक्यवद्धता जनाउँदै सहभागी हुने भएको छ । महासंघको नगर समितिले बुधबार विद्यालय कर्मचारी परिषद्सित संयुक्त विज्ञप्ति जारी गरी आन्दोलनमा सहभागी हुने घोषणा गरेको हो ।

सरकारले आगामी आर्थिक वर्षका लागि विद्यालय कर्मचारीको सेवा सुविधा सम्बन्धि नीति तथा कार्यक्रम गरिएको सम्बोधन अनुसार बजेटमा समावेश नगरेपछि कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । उनीहरु चार दिनदेखि विद्यालय प्रशासनलाई ताल चाबी बुझाएर शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना बसेका छन् ।

,orning glory badhai
dirghayi clinic

शिक्षक महासंघले कर्मचारी आन्दोलनलाई एकदमै सान्दर्भिक भन्दै उनीहरु ठूलो मार्का र पीडा भएकाले आन्दोलनमा सहभागी हुने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाल विद्यालय कर्मचारी परिषद्का केन्द्रीय वरिष्ठ उपाध्यक्ष लक्ष्मण भट्ट, नोपल शिक्षक संघका नगर अध्यक्ष उदय बहादुर रावत, नेपाल राष्ट्रिय शिक्षक संगठनका नगर अध्यक्ष चन्द्र देब पन्त, कर्मचारी परिषद्का जिल्ला अध्यक्ष इन्द्र सिह कार्की, नेपाल शिक्षक संघका नगर उपाध्यक्ष राजेश सुनार, एकीकत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष नवराज अवस्थी, नेपाल शिक्षक संघका सचिव दिपकचन्द्र ओझा, नेपाल राष्ट्रिय शिक्षक संगठनका तर्कराज भट्ट र नेपाल विद्यालय कर्मचारी परिषद्का नगर अध्यक्ष अशोक बहादुर चन्दले हस्ताक्षर गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...