
महेन्द्रनगर । नागरिक आवाजको आर्थिक सहयोगमा द्वन्द पीडित तथा एकल महिला विकास केन्द्रकले भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकामा सञ्चालन गरेको सामुुदायिक सुुरक्षा जालो कार्यक्रम अन्र्तगत भीमदत्त नगरपालिका १८ सालघारी बस्ने कलापती सिंह ठकुुरीलाई नगद सहयोग गरेको छ ।
तीन दिन अघि उनको घरमा आगलागी भएर घर र सामान जलेर नष्ट भएको थियो । आपतकालिन राहात स्वरुप उनंलाइ सो नगद सहयोग गरिएको हो संस्थाका अध्यक्ष सिता बोहरा बताइन् ।
अध्यक्ष बोहरा र भीनपा १८ का वडा अध्यक्ष रविन्द्र देवकोटाले सिंहलाई सहयोग रकम हस्तान्तरण गरेका थिए ।
