ghar sansar

प्रदेश सभा बैठकमा एमाले साँसदले भने–आन्दोलनमा हाम्रो ऐक्यबद्धता छ, तर यसबारे प्रदेश सरकारको धारणा के हो ?

khasi

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कैलालीको गेटास्थित सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको बारेमा सरकारको धारणा माग गरेको छ । सुदूरपश्चिम प्रदेश सभाको आइतबाको बैठकमा प्रदेश सभा सदस्य धर्मराज पाठकले सुदूरपश्चिम प्रदेश सरकारको धारणा माग गरेका हुन् ।

संघीय सरकारले आफ्नै नीति तथा कार्यक्रम विपरीत प्रतिष्ठानका रुपमा अघि बढाउने र एक सय श्ययाको अस्पताल सञ्चालन गर्न बजेट विनियोजन गरेपछि सुदूरपश्चिम सरकाररको धारणा माग गरिएको हो ।

dirghayi clinic

पाठकले स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनुपर्ने माग गर्दै प्रदेशवासी आन्दोलित भएका बेला प्रदेश सरकारले कुनै धारणा नआएको भन्दै धारणा सार्वजनिक गर्न माग गरेका हुन् ।

पाठकले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनुपर्ने माग गर्दै भइरहेका आन्दोलनमा नेकपा एमालेको समर्थन रहेको समेत बताए ।

उनले भने, ‘गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनु पर्ने माग गर्दै भइरहेका आन्दोलनमा नेकपा एमालेको ऐक्यबद्धता छ । तर, यसबारे प्रदेश सरकारको धारणा के हो ?’ हामीले यसअघिको बैठकमा पनि सरकारको धारणा मागेका थियौँ। तर, अहिलेसम्म केही आएको छैन। सभामुख महोदय धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन गरियोस् ।’

Himal dental
सम्बन्धित
Loading...