ghar sansar

शुक्लाफाँटामा युवकसित भागेकी एमालेकी वडा सदस्य पक्राउ, सेफ हाउसमा राखियो

little buddha academy
khasi

महेन्द्रनगर । युवकसंग भागेकी शुक्लाफाँटा नगरपालिका ९ वडा सदस्य घुम्नीदेवी डगौरा पक्राउ परेकी छन् । ईलाका प्रहरी कार्यालय झलारीले उनलाई बाँके प्रहरीको सहयोगमा उनलाई पक्राउ गरी झलारी ल्याइएको छ ।

‘बाँके प्रहरीसंगको समन्वयमा उनलाई भगाउने व्यक्तिले एक थप व्यक्ति पठाएर यहाँ पठाएको छ, ‘ति प्रहरी अधिकारीले भने, ‘भगाउने अर्को व्यक्ति हुन, पुगाउन अर्को व्यक्ति आए, अब दुवै पक्षलाई राखेर मंगलबार छलफल गर्ने विषय भएको छ ।’

,orning glory badhai
dirghayi clinic

कञ्चनपुरका प्रहरी निरीक्षक हर्ष बहादृुर चन्दले केही दिन पहिले घरबाट हराएकी वडा सदस्य घुम्नीदेवी डगौराको घर परिवारले प्रहरीमा खोजतलासका लागि निवेदन दिएको बताए ।

प्रहरीमा निवेदन दिएपछि हराएकी डगौरा फेला परेपछि घर परिवार र उनकै श्रीमानलाई बोलाएर बुझाउन खोज्दा बुझन नमानेको बताए ।

‘घुम्नीदेवी डगौराका श्रीमानले श्रीमती बुझ्न मानेन, ‘प्रहरी निरीक्षक चन्दले भने, ‘अहिले हामीले सेफहाउसमा राखेका छौँ ।’

Himal dental
सम्बन्धित
Loading...