ghar sansar

भारतीय नापी विभागको कर्मचारी भन्दै गडडाचौकीमा जमिन नापजाँच गरि रहेका पाँच जना पक्राउ

महेन्द्रनगर । भीमदत्त नगरपालिका ११ गड्डाचौकी भुजेलास्थित सीमावर्र्ती क्षेत्रमा अनाधिकृत रुपमा जमिन नाप जाँच गरि रहेका पाँच भारतीय नागरिक पक्राउ परेका छन् । सशस्त्र र जनपद प्रहरीले भुजेलाबाट पक्राउ गरेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय ल्याएको छ ।

स्थानीयका अनुसार उनीहरु आफूलाई भारतीय नापी विभागका कर्मचारी बनाउँदै शंकास्पद रुपमा जमिन नाप जाच गरि रहेका बेला उनीहरुलाई नियन्त्रणमा लिइएको वडा अध्यक्ष प्रकाश थापाले बताए ।

mahostaw

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्यालले उक्त विषयमा आवश्यक छानबिन भईरहेको बताए ।

‘नापजाँच गरिरहेका ती भारतीयलाई जिप्रका ल्याएर आवश्यक बुझ्ने काम भईरहेको छ, ‘प्रजिज आर्यालले भने, ‘यस बारेमा हामी थप विस्तृत बुझिरहेका छौँ ।’ उनीहरु को हुन ? किन आएको के उदेश्य बारे भन्दै प्रहरीले छानबिन गरिरहेको छ ।

Himal dental
सम्बन्धित
Loading...