
महेन्द्रनगर । कञ्चनपुरका स्थानीय तहको खाना तथा विविध शीर्षकको खर्चले अहिले सामाजिक सञजलमा व्यापक चर्चा पाएका छन् ।
महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७८÷०७९ प्रतिवेदन सार्वजनिक भएपछि स्थानीय तहले खाना गरेको खर्चलाई लिएर सामाजिक सञ्जाल चर्चा चुलिएका छन् ।
ती चर्चाको शिखरमा बेलौरी नगरपालिका परेको छ । सबैभन्दा बढी खर्च भएको भनेर आलोचना भएपछि बिज्ञप्ति निकालेर बचाउको प्रयास गरिएको छ । बेलौरीमा माओवादी केन्द्रका नेता पोतिलाल चौधरी मेयर छन् । उनी दोस्रो कार्यकालमा छन् ।
बेलौरी नगरपालिकाले ४७ लाख ७६ हजार ८ सय १० रुपैयाँ खर्च गरेको छ भने बेलडाँडीले १० लाख ३४ हजार रुपैयाँ खर्च गरेको छ।
खाना तथा विविधमा कृष्णपुर नगरपालिकाले ४७ लाख ५६ हजार ३ सय २४ रुपैयाँ, बेदकोट नगरपालिकाले ३१ लख ४६ हजार २ सय ८५ रुपैयाँ, भीमदत्त नगरपालिकाले २६ लाख २१ हजार ६५ रुपैयाँ खर्च गरेको छ ।
यसैगरी, शुक्लाफाँटा नगरपालिकाले ३२ लाख ३० हजार ९ सय ६४ रुपैयाँ, पुनर्वास नगरपालिकाले १७ लाख ८४ हजार रुपैयाँ, दोधाराचाँदनी नगरपालिकाले १६ लाख ७६ हजार ८ सय १८ रुपैयाँ र लालझाडी गाउँपालिकाले १६ लाख ३४ हजार रुपैयाँ खर्च गरेको छ ।
