ghar sansar

असार लाग्ने बित्तिक्कै पार्कमै खनजोत, अध्यक्ष देवकोटा आक्रोशित

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ नम्बर वडा कार्यालयले भीमदत्त वाटिका(पार्क) मा नर्सरी बनाउन भई रहेको खनजोत रोकि दिएको छ । वडा कार्यालयलाई जानकारी नदिई खनजोत गरिएपछि शनिबार साँझ वडा अध्यक्ष रविन्द्र देवकोटा आफैं पार्क आएर काम रोकेका छन् ।
भीमदत्त नगरपालिकाले सुदूरपश्चिम प्रदेश सरकारको कृषि निर्देशनालयसित साझेदारीमा पुष्प नर्सरी बनाउन खनजोत गरेको हो । पार्कको उत्तरी प्रवेशद्वार नजिक डेढ कट्टा बढी जमिनमा खनजोत गरिएको छ ।

वडा अध्यक्ष देवकोटाले वडा कार्यालयलाई जानकारी नदिई वडाको ठूलो सम्पत्तिमा अचानक खनजोत गरिएपछि काम रोकिएको बताए । ‘यो वडाको ठूलो सम्पत्ति हो, यसमा खनजोत भई रहेको छ, वडा कार्यालयलाई कुनै जानकारी नै छैन’ उनले भने,‘वडालाई जानकारी नदिई खनजोत गरिएकाले रोकिएको छ, काम गर्नु पर्ने भए पनि वडासित समन्वय गरी प्रक्रियामा जानु पर्छ ।’

lotus institite

वडा अध्यक्ष देवकोटाले भीमदत्त नगरपालिकाले बहुमतको आडमा वडा कार्यालयलाई जानकारी नदिएर एकलौटी पार्कमा खनजोत गरेको बताए । ‘नगरपालिकामा बहुमत छँ भन्दैमा यतिसम्म गर्न हुँदैन, कम्तिमा वडासित जानकारी गरी, समन्वय गरी प्रक्रियामा गएर पनि काम गर्न सकिन्छ ।’

daimond public

कृषि निर्देशनालयको ६ लाख र नगरपालिकाले २ लाख खर्च गरी नर्सरी बनाउन लागिएको छ । निर्देशनालयले नर्सरीका लागि एक जना परामर्शदाता पठाएको छ । ती परामर्शदाताले पार्क र बाह्य बिक्रीका लागि फूलका विरुवा रोपेर नर्सरी बनाउने लागिएको बताए ।

वडा अध्यक्ष देवकाटाले बजेट जुन निकायको भए पनि प्रक्रिया अनुसार काम सुरु हुनु पर्नेमा हचुवामा सुरु गरिएको बताए । ‘बजेट आउनु राम्रो हो, तर त्यसलाई पनि प्रक्रियामा लगेर जानु पर्छ’ उनले भने,‘न वडालाई सूचना छ, न जानकारी छ, न उपभोक्ता समिति छ, न कोटेशन छ, त्यसै हचुवामा खनजोत भई रहेको छ ।’

भीनपा १८ का वडा सदस्य हेम वस्नतेले खनजोत भएपछि आफूलाई नगरपालिकाले पठाए पनि यसबारे धेरै जानकारी नभएको बताए । ‘नर्सरी बनाउन भनेर खनजोत गरिएको छ, नगरपालिकाले पठाएपछि आएको हुँ’ वडा अध्यक्ष देवकोटासित उनले भने ।

वडा अध्यक्ष देवकोटाले वस्नेतसित यसबारे जिज्ञासा राखेका थिए । भीनपा १८ का स्थानीय विष्ण्ुा कँडेलले वडा कार्यालयलाई जानकारी नदिएर खनजोत गरिनु राम्रो नभएको बताए ।

Himal dental
सम्बन्धित
Loading...