ghar sansar

रमेश लेखकले पनि संसदमा यसरी नै बोलेको कहिले सुन्न पाइएला ?

little buddha academy
khasi

महेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले भारतले नेपाली भूमिमा प्राविधिक पठाएर नापजाँच गर्दा पनि सुरक्षाकर्मीले केही थाहा नपाएको भन्दै आपत्ति जनाएका छन् । उनले सीमामा गएका सुरक्षाकर्मी जागिर खानमात्रै खटाइएका हुन् भनेर प्रश्न गरेका छन् ।

भारतीय पक्षले नेपालको कञ्चनपुरस्थित भुजेला, गड्डाचौकी हुँदै सुकासालसम्मको भूमि नापजाँच गरेको भन्दै त्यसको सत्यतथ्य छानबिन गर्न पनि अर्यालले सरकारसँग माग गरेका छन् ।

,orning glory badhai

प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद अर्यालले असार १ गते भारतीय प्राविधिक टोलीले एकतर्फी रुपमा जमिनमा नापजाँच गर्दा पनि नेपालका सुरक्षाकर्मीले सुइको समेत नपाएको भन्दै आपत्ति समेत जनाए । ‘म आज भारतीय पक्षले नेपालको भूमि अनधिकृत रुपमा नापजाँच गरेको विषय यो सदनलाई जानकारी गराउन गइरहेको छु ।

dirghayi clinic

असार १ गते भारतीय प्राविधिकको टोलीले इन्डियन नेसनल हाइवे सर्भे गर्ने भन्दै कञ्चनपुरको भुजेला, गड्डा चौकी हुँदै सुकासालसम्मको भूभाग नापजाँच गरे । सर्भेका सामान सहित आएका ती प्राविधिक नेपाल प्रवेश गर्दा पनि सिमानामा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले भने सुईको समेत पाएनन्,’ उनले भने, ’के उनीहरूलाई जागिर खानका लागि मात्र सीमामा खटाइएको हो ? सभामुखमार्फत् म सरकारलाई प्रश्न सोध्न चाहन्छु बरु सुरक्षाकर्मी भन्दा त्यहाँका स्थानीय धेरै जागरुक र सचेत देखिए ।

उनीहरुले गलत काम भइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । नेपाली पक्षसँग समन्वय नै नगरी एकतर्फी रुपमा धमाधम नापजाँच गर्नुलाई सामान्य र स्वभाविक मान्न सकिदैन । त्यसैले त्यसको सत्यतथ्य छानबिनका लागि गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु ।’

रास्वपा साँसदले संसद बैठकमा नेपाली भूमि नाप जाँच गरिएकोमा आपत्ति जनाउँदा कञ्चनपुरबाट संसदमा प्रतिनिधित्व गर्ने तीन साँसद मौन बसेका छन् ।

कञ्चनपुरबाट रमेश लेखक, एनपी साउँद र तारालामा तामाङ्ग साँसद छन् । उनीहरुमध्ये कञ्चनपुर निर्वाचन क्षेत्र नं २ का साँउद परराष्ट्र मन्त्री छन् । भारतीय पक्षले जमिन नापजाँच गरेको क्षेत्र लेखकको निर्वाचन क्षेत्रमा पर्छ ।

आफ्नै निर्वाचन क्षेत्रमा अनाधकिृत जमिन नाप जाँच हुँदा पनि लेखक मौन छन् । काँग्रेस संसदीय दलका प्रमुख सचेतक लेखक सीमा विवादमा सधैं मौन बसेका छन् । लेखक र साउँद दुबै काँग्रेसका साँसद हुन् । कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ बाट एमालेका साँसद तारालामा तामाङ्ग संसदमा छन् ।

Himal dental
सम्बन्धित
Loading...