ghar sansar

भीमदत्तमा यसरी पारिँदैछ बोगटीलाई विवादमा

महेन्द्रनगर । पार्क खनजोत विवादमा तानिएपछि भीमदत्त नगरपालिका आलोचकहरुमाथि विरोधी भन्दै रिस पोखेको छ । भीमदत्त नगरपालिका आधिकारिक रुपमा आलोचकलाई विरोधी भन्दै प्रतिकारमा उत्रिएको छ ।

भीमदत्त नगरपालिकाको आधिकारिक फेसबुक पेज भीमदत्त मुनिसिपिलिटीबाट विरोधीहरुलाई प्रश्न : पार्कमा फूलहरु  नभएर के भई दिए जस्तो लाग्छ भनेर अनलाइनले प्रकाशित समाचारलाई प्राथमिकताका साथ शेयर गरी रिस फेरिएको छ ।

mahostaw

सुदूरपश्चिम प्रदेश सरकारको कृषि विकास निर्देशनाय र नगरपालिकाको ९ लाख बढी बजेटमा पुष्प खेतीका लागि शनिबार पार्कका डेढ कट्टा खजजोत गरिएको थियो । त्यहीं खनजोतलाई लिएर भीमदत्तका मेयर पदम बोगटीको फेसबुकमा व्यापक आलोचना भएको छ । आलोचना गर्नेमा मेयर बोगटीको पार्टीका नेता कार्यकर्ता पनि छन् ।

विभिन्न सञ्चार माध्यममा आएका पार्क खनजोतका समाचारलाई खण्डन हुने गरी अनलाइनमा समाचार प्रकाशित गरिएको छ । अनलाइनले अरु मिडियाका समाचार खण्डन हुने गरी समाचार सम्प्रेषण गरेपछि भीमदत्तले आफ्नो पेजबाट शेयर गरी आलोचनाबाट जोगिन खोजेको छ ।

स्थानीय पार्कमा वडा कार्यालयलाई समेत जानकारी नदिएर पुष्प खेतीका लागि खनजोत भएपछि वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटा आफैंले आएर कामकाज रोकेका थिए । असारमा बजेट सक्ने गरी वडा कार्यालयलाई जानकारी नदिएर खनजोत गरिएको भन्दै उनले असन्तुष्टि पोखेका छन् ।

यस अघि पार्क सौन्दर्यकरणका लागि २० लाख खर्च गरिएको छ । अहिले पार्कमा झाडी बुट्यान र भाँगाका बोट उम्रिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...