महेन्द्रनगर । नेकपा एमालेको भीमदत्त नगरपालिका १२ का वडा कमिटी अध्यक्ष भुपेन्द्र पन्तले गाडी मर्मत खर्च सार्वजनिक गर्न चुनौती दिएका छन् । उनले फेसबुकबाट तीन गाडी मर्मतमा डेढ करोड खर्च गरिएको भन्दै त्यसको विवरण सार्वजनिक गर्न चुनौती दिएका छन् ।
भीमदत्त नगरपालिकाले पार्क खनजोत गरिएको समाचार र आलोचनालाई लिएर विरोधी भन्दै आफ्नो आधिकारिक फेसबुक फेजबाट रिस पोखेपछि युवा नेता पन्त आक्रोशित भएका छन् ।
उनले वडा अध्यक्षले मागेको सार्वजनिक सूचना उपलब्ध गराउन पनि माग गरेका छन् । भीमदत्त नगरपालिका १४ मा कोटेशन दिएर नगरपालिका कार्यालयका सवारीबाट ग्राभेल हालिएपछि भीनपा १० का वडा अध्यक्ष महेश चन्दले चालु आर्थिक वर्षको सबै खर्च विवरण माग गर्दै निवेदन दिएका छन् ।