प्रशान्त भट्टले लिए पार्क संरक्षणको नेतृत्व

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ स्थित भीम वाटिका(पार्क) संरक्षणका लागि स्थानीय प्रशान्त भट्टको नेतृत्वमा समिति गठन गरिएको छ । भीनपा १८ का निवर्तमान वडा सदस्य भट्टको अध्यक्षतामा बाटिका सरक्षण समिति चयन गरिएको छ ।

वडा कार्यालयले गरेको भेलाबाट भट्टको अध्यक्षतामा समिति गठन गरिएको छ । समितिमा गंगादत्त भट्ट, नन्दराम जोशी, गोबिन्द विष्ट बबिता सिनाल, राज कुमारी थारु, ईश्वरी जोशी,प्रकास भट्ट, प्रेमसिह सामन्त,रन्जना थापा सदस्य छन् । यसैगरी प्रभुनिधि पन्तलाई सदस्य सचिव राखिएको छ ।

भीनपा १८ का वडा अध्यक्ष रविन्द्र देवकोटाले पार्कको संरक्षण, संवद्र्धन र विकासका लागि समिति गठन गरिएको बताए ।

सम्बन्धित
Loading...