ghar sansar

मेलौलीमा दलित समुदायको अवस्था पहिचान हुँदै, सबै वडामा संकलनकर्ता पठाउने तयारी

little buddha academy
khasi

महेन्द्रनगर । मेलौली नगरपालिका भित्रका दलित वर्गको अवस्था र विभेदबारे छलफल गर्नु मेलौली सामुदायिक सिकाइ केन्द्रको आयोजनामा दलित अवस्था विश्लेषण सम्बन्धि संकलन कर्ता र जनप्रतिनिधिसित एक दिने प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम भएको छ ।

कार्यबाहक अध्यक्ष मनोज नेपालीको सभापतित्वमा गरिएको कार्यक्रममा मेलौलीका मेयर भीम बहादुर चन्द प्रमुख र नगर उप–प्रमुख पार्वती बोहोरा बिष्ट , वडा नं. ७ का वार्ड अध्यक्ष रामचन्द्र भट्ट , कार्यपालिका सदस्य शुरेश परियार ,धरम सिह दयाल विशिष्ठ अतिथि थिए । कार्यक्रम सञ्चालन तथा सहजीकरण कार्यपालिका सदस्य बिजय पोखरेलले गरेका थिए ।

,orning glory badhai

कार्यक्रममा कार्यपालिका सदस्य सुरेश परियारले दलित एउटै समुदाय का मानिसलाई जातको आधार मा छुट्याएर त्यसै अनुसार को विभेद बर्षौदेखि हुँदै आएको त्यसको न्यूनीकरणको लागि आफ्नो संर्घष रहेको बताए । पहिले र अहिले को दलित बर्ग को अवस्था मा सुधार आए पनि आफुले सोचेको जति परिवर्तन हुन नसकेको बताएका छन् ।

dirghayi clinic

राजधानी जस्तो ठाउमा विभेद भइ रहदा आफुलाई दुख लागेको बताएका छन् । धरम सिङ दयाल ले आफ्नो समुदाय माथी को विभेद लाई अन्त्य गर्नु को लागि १०–१२ साल देखि निरन्तर रुपमा संर्घष गरि राखेको अहिले ब्यबस्था,नियम कानुन फेरिए पनि भने जति दलित बर्ग को अवस्था नफेरिएको बताएका छन् । जब सम्म दलित बर्ग को अवस्था परिवर्तन हुदैन तब सम्म दलित बर्ग माथी हुने विभेद अन्त्य नहुने भएको ले अबको समय मा अवस्था परिवर्तन को लागि संर्घष गर्नुपर्ने बताएका छन् ।

कार्यक्रम मा बोल्दै नगर उप–प्रमुख पार्वती बोहोरा बिष्ट ले बर्षौ देखि समाज मा जरा गाडी बसेको समाजिक कु संस्कार विभेद अन्त्य को लागि आफ्ना पाइला निरन्तर रुपमा अगाडी रहने बताएकि छिन् । समाजिक जन चेतना फैल्याउने ,समाजिक कुसंस्कार अन्त्य को लागि सक्रिय रुपमा लाग्ने बताएकी छिन् ।

आफुलाई २–३ कक्षा मा पढ्दा देखि विभेद भएको महसुस भएपछि त्यसको अन्त्य को लागि आफुले विद्यार्थी जिबन देखि नै संर्घष गर्दै आएको नगर प्रमुख चन्दले बताए । एउटै समाज का मानिस हरु भोज भतेर मा सम्मान पुर्वक बोलाएर दुई गडा तल राखेर अपमानजनक तरिकाले खाना खुवाउने बसाल्ने,होटेल मा पैसा तिर्दा पनि हेपिनुपर्ने अवस्था को अन्त्य भएपनि अहिले फरक तरिका ले विभेद भएको पाइन्छ , त्यसलाई अन्त्य गर्नु को समाज का प्रतेक मानिश को मनभित्र भएको नकारात्मक सोच लाई अन्त्य गरि सभ्य भब्य सकारात्मक समाज निर्माण गर्नु मा आफू मनै देखि लागेको ले सबै ले साथ दिनुपर्ने बताएका छन् । अधिकार र मुक्ति संर्घष को लागि एकजुट भएर लाग्नुपर्ने मेयर चन्दले बताए ।
मेलौली सामुदायिक सिकाइ केन्द्र का कार्यबाहक अध्यक्ष मनोज नेपाली का अनुसार अझै पनि धेरै वडा मा दलित हरु को अवस्था दयनीय भएको, कोहि सीप हुँदाहँुदै पनि लगानी अभाव ,जनचेतना को कमिले पनि बिरोजगार भएर बस्नु परेको अबको समय मा दलित हरु को अवस्था पहिचान गरि काम गर्नुपर्ने बताए ।

कार्यपालिका सदस्य बिजय पोखरेलका अनुसार मेलौली नगरपालिका भित्र भएका दलित वर्गको वास्तविक जीवन अवस्था पहिचान गरी त्यसै अनुरुपका कार्यक्रम तर्जुमा गर्नु आफुले संर्घष गरेको बताए ।

दलितको वास्तविक अवस्था चित्रण गरि त्यहाँको वास्तविक पहिचान गरी त्यसै अनुसार का कार्य को थालनी गर्ने , दलित ऐन बनाउनु पर्ने, रोजगारी सिर्जना गर्ने किसिमका कार्यमा सक्रिय रुपमा लाग्ने पोखरेलले बताए ।

Himal dental
सम्बन्धित
Loading...