ghar sansar

सुदूरपश्चिमका कानुन मन्त्रीको अवस्था गम्भीर, सिंहका धर्मपत्नि र भाउजुको निधन

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वी बहादुर सिंहकी श्रीमती अमृतादेवी र भाउजु जानकीको मृत्यु भएको छ ।

धनगढीबाट बझाङ जादै गर्दा मंगलवार प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटना भएको थियो । दुर्घटनामा मन्त्री सिंहकी श्रीमती र भाउजुको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। दुर्घटनामा घाइते भएका मन्त्री सिंहको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

मन्त्री सिंहसहित उनका पीएसओ दीपक भण्डारी र चालक धर्मराज जोशीलाई थप उपचारका लागि हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको छ ।

प्रदेश सरकारको ०१००१ झ ४८० नम्बरको मन्त्री सवार गाडी मंगलबार डडेल्धुराबाट बझाङ जाने क्रममा जयपृथ्वी राजमार्गको बागथलाको धारछडा भने स्थानमा दुर्घटना भएको हो ।

Himal dental
सम्बन्धित
Loading...