महेन्द्रनगर । भीमदत्त बाटिका संरक्षण समितिले पार्कको अवस्था अध्ययन गरी प्रतिवेदन बनाउने भएको छ । समितिका अध्यक्ष प्रशान्त भट्टको अध्यक्षतामा मंगलबार बसेको पहिलो बैठकले अवस्था अध्ययन गरी नगरपालिका र वडा कार्यालयलाई प्रतिवेदन बुझाउने निर्णय गरिएको छ ।
सोमबार भट्टको अध्यक्षतामा समिति गठन गरिएको थियो । अध्यक्ष भट्टले वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटा र वडा सदस्य पदम बहादुर चन्दको उपस्थितिमा पहिलो बैठक राखेका छन् । बैठकमा अध्ययन सहितका विभिन्न निर्णय भएका छन् ।
बैठकले बाटिका (पार्क) को समग्र संरक्षण, सम्वर्धन र विकासका लागि सम्पुर्ण सरोकारवाला हरु संग समन्वय र सहकार्य गरी अघि बढ्ने, पार्कभित्रका काठ÷दाउरा को उचित व्यवस्थापन का लागि वडा र नगरपालिका कार्यालय लाई अनुरोध गर्ने, पार्कको मन्दिरमा नियमित पुजापाठ संचालन गर्न प्रबन्ध मिलाउने र पार्क भित्रको फोहरमैला तथा झारपात व्यवस्थापन गर्दै पार्कको सौन्दर्य बढाउने कार्य सुरु गर्ने निर्णय भएको समितिका अध्यक्ष भट्टले बताए ।