ghar sansar

चौतर्फी आलोचनापछि दशरथ चन्दकी उप मेयरले मागिन माफी, विज्ञप्ति निकालेर भनिन्–जातीय समानता कायम राख्ने यात्रामा सधैं हातेमालो गर्ने प्रतिवद्धता गर्छु

little buddha academy
khasi

महेन्द्रनगर । बैतडीको दशरथ चन्द नगरपालिकाकी उप मेयर कौशिल्या चन्दले दलित समुदायलाई विभेद हुने गरी सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि माफी मागेकी छन् । केही दिन अघि उनले सार्वजनिक कार्यक्रममा म ठकुरीको छोरी हुँ, दलितको हातको पानी खादिनँ, यो मेरो आफ्नो इच्छाको कुरा हो’ अभिव्यक्ति दिएकी थिइन् ।

उप मेयर चन्दको आलोचनासंगै कारवाहीका लागि राष्ट्रिय दलित आयोगले सरकारको ध्यानाकर्षण गराएको थियो । बुधबार उप मेयर चन्दले विज्ञप्ति प्रकाशित गरी आफ्नो अभिव्यक्तिले दलित समुदायमा ठेस पुग्न गएको उल्लेख गर्दै क्षमा मागेकी छन् ।

,orning glory badhai

‘जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा दिवसको अवसरमा मैले अभिव्यक्त गरेका ंअभिव्यक्तिले सिंगो दलित समुदायप्रति पर्न गएको ठेसमा क्षमायाची हुँदै नगर उप प्रमुखको हैसितयले क्षमा चाहन्छ’ उनले सार्वजनिक विज्ञप्तिमा भनिएको छ ।
उप मेयर चन्दले जातीय समानता कायम राख्ने कार्यमा सधैं हातेमालो गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

dirghayi clinic

आयोगले नेपालको संविधानको प्रस्तावनामा सबै प्रकारका जातीय तथा लैंगिक भेदभावको अन्त्य गर्ने संकल्प गरेको छ । आगामी आर्थिक वर्ष २०८०–०८१ को बजेट वक्तव्यमा सबै प्रकारका हिंसा, शोषण, विभेद र दुर्व्यवहारको अन्त्य गरिनेछ भनी सम्बोधन गरिएको स्मरण गराएको छ ।

यस्तै संविधानको धारा २४ मा जातीय छुवाछूत विरुद्धको हकमा कसैले कसैलाई धर्म, परम्परा, रीतिरिवाज वा आस्थाको आधारमा भेदभाव गर्न नपाइने व्यवस्था रहेको पनि विज्ञप्तिमा उल्लेख गरेको छ ।

यदि त्यस्तो कार्य गरेमा दण्डनीय हुने कुरा उल्लेख गरिएको र जातीय तथा अन्य छुवाछूत र भेदभाव (कसूर र सजाय) ऐन, २०६८ ले जातीय छुवाछूत र भेदभावजन्य क्रियाकलाप निजी र सार्वजनिक स्थानमा कुनै पनि बहानामा गर्न निषेध गरेको छ र दण्डनीय सामाजिक अपराध हुने उल्लेख गरिएको पनि जनाइएको छ ।

Himal dental
सम्बन्धित
Loading...