ghar sansar

योगा गरौँ, रोग हटाऊ भन्ने नारा सहित बेदकोटमा मनाइयो अन्तर्राष्ट्रिय योग दिवस

महेन्द्रनगर । बेदकोट नगरपालिकामा योग शिविर आयोजना गरिएको छ । नवौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा वेदकोट नगरपालिका र पतञ्जलि योग समिति वेदकोटको संयुक्त आयोजनामा बुधबार योग शिविर आयोजना गरेका छन् ।

शिविरमा पतञ्जली योग समिति वेदकोटका अध्यक्ष भगिरथ भट्टको सभापतित्वमा गरिएको कार्यक्रममा मेयर भोजराज बोहरा प्रमुख अतिथि थिए ।

“योगा गरौँ रोग हटाउँ” भन्ने मूल नाराका साथ वेदकोट नगरपालिकाको सभाहलमा योग शिविर सम्पन्न भएको पतञ्जलि योग समिति वेदकोटका अध्यक्ष भगिरथ भट्टले बताए ।

शिविरमा वेदकोट नगर कार्यसमितिका पदाधिकारी लगायत स्थानीय सहभागी भएका छन् ।

   

Himal dental
सम्बन्धित
Loading...