अब महेन्द्रनगरमै माध्यमिक तहको होटल मेनेजमेन्ट पठनपाठन

Amity

महेन्द्रनगर । विद्यार्थीहरुले महेन्द्रनगरमा माध्यमिक तहको होटल मेनेजमेन्ट अध्ययन गर्न पाउने भएका छन् । जिल्ला बाहिर गएर अध्ययन गर्न पर्ने बाध्यतालाई मध्यनजर गरी भाँसीस्थित गुरुकुल इन्टरनेशनलले कक्षा ११ र १२ मा होटल मेनेजमेन्ट अध्यापन गराउन लागेको छ । गुरुकुलले होटेल मेनेजमेन्टसंगै जनरल मेनेजमेन्ट र जनरल ल को पनि अध्यापन गर्ने तयारी गरेको छ ।

स्कुलले बिहीबार पत्रकार सम्मेलन गरी अध्ययनपछि विद्यार्थी बेरोजगार नहुने गरी प्रयोगात्मक विधिलाई प्राथमिकता दिएर सीपयुक्त बनाउन स्कुल सञ्चालन गरेको दावी गरेको छ ।

janjyoti campus

स्कुलका सञ्चालक खेमलाल घिमिरेले अहिले प्राविधिक विषय अध्ययन गरेर पनि विद्यार्थी बेरोजार हुने अवस्था भएकाले त्यसलाई मध्यनजर गरी स्कुल सञ्चालन गरिएको दावी गरे ।

सीप युक्त जनशक्ति उत्पादन गर्ने लक्ष्य सहित स्कुल सञ्चालन गरिएको दावी गर्दै उनले स्वदेश र विदेशमा माग हुने गरी जनशक्ति उत्पादनको लक्ष्य लिएको बताए ।

स्कुलका प्रिन्सिपल प्रमोद श्रेष्ठले विद्यार्थीहरुको सीप सिकाउने कुरालाई शिक्षण विधिमा प्राथमिकता दिइएको बताए । एक दशकदेखि होटेल मेनेजमेन्ट शिक्षणमा सक्रिय उनी युरोपबाट होटल मेनेजमेन्टमा स्नातक हुन् ।

स्कुलले यस शैक्षिक सत्रदेखि विद्यार्थी भर्ना गरी अध्यापन गराउने तयार गरेको छ । पत्रकार सम्मेलनमा विद्यालयका संरचना निर्माण कार्य अन्तिम चरणमा पुगेकाले छिट्टै सम्पन्न हुने जानकारी दिइएको छ ।

स्कुल सञ्चालक समितिका अध्यक्ष ललित बहादुर मल्ल सहित समितिका सदस्य र सञ्चालक कार्यक्रममा सहभागी भएका छन् ।

ghar sansar
सम्बन्धित
Loading...