ghar sansar

शुक्लाफाँटाको बजेट ८८ करोड ७ लाख

khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि ८८ करोड ७ लाख ९६ हजार बजेट विनियोजन गरिएको छ । शुुक्लाफाँटा नगपालिकाको १४ औं नगर सभाबाट बिहीबार बजेट पारित गरिएको हो ।

शुक्लाफाँटाका मेयर रण बहादुर महराको अध्यक्षतामा गरिएको सभामा उप मेयर कल्पना पन्त जोशीले बजेट प्रस्तुत गरेकी थिइन् ।

dirghayi clinic

नगर सभामा प्रस्तुत बजेटमाथि छलफल गरी बिहीबार पारित गरिएको शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्र राज भट्टले बताए । बजेटमा नगर गौरबका योजनाmलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको छ ।

ती योजनामा नगर चक्रपथ, खानेपानी योजना, सेफ हाउस सञ्चालन, नगर स्तरीय कबर्ड हल, बसपार्क, कोल्ड स्टोर, हलियामुक्ति परिवारको घर निर्माण, छाडा पशु चौपाया व्यवस्थापन, लक्षित वर्ग विशेष कार्यक्रम, मागको आधारमा संस्कृति पर्यटन विकास तथा प्रवद्र्धन, सडक क्षतिपूर्ति मुआब्जा, एमबिबिएस अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्ति, विपद् व्यवस्थापन कोष, कर्मचारी कल्याण कोष, सडक मर्मत सम्भार कोष, मेचिङ फन्ट लगायत शीर्षकमा बजेट विनियोजन गरिएको छ ।

त्यस्तै प्रत्येक वडालाई ४० देखि ५० लाख रकम विनियोजन गरिएको बताइएको छ ।

Himal dental
सम्बन्धित
Loading...