ghar sansar

सुन्दरपुरका किसानलाई बिऊ भण्डारणका लागि अनुदानमा ड्रम वितरण

भोजराज पन्त
महेन्द्रनगर । बेदेकाट नगरपालिका ९ सुन्दरपुरस्थित कृषि विकास फार्म सुन्दरपुरले किसानहरुलाई ८५ प्रतिशत अनुदानमा १ सय ३६ विउ भण्डारण गर्ने १ सय ७० किलो क्षमताका टिनको ड्रम वितरण गरेको छ ।

किसानले फार्मबाट केही सहयोग नपाएको भन्दै गुनासो गरेपछि फार्म वरपरका किसानलाई १५ प्रतिशत अनुदानमा ड्रम वितरण गरेको कृषि बिकास फार्मका सुन्दरपुरका प्रमुख बासुदेव भटराईले बताए ।

किसाहरुले हरेक मौसममा महङ्गो बिउ किन्नु पर्ने र विउमा एग्रोभेटबाट ठगिने भएकाले फार्मले आफै उत्पादन गरेका धान र गहुका बिउहरु किसाहरुलाई निःशुल्क दिएको समेत प्रमुख भटराईले बताए ।

अब किसानहरुले आफ्नै बारीमा उत्पादन भएको विउलाई भण्डारण गर्न सक्ने छन र राम्रो बिउ वाट उत्पादन समेत बाँड्ने छ । यो कार्यक्रमले किसानसंग फार्मको सम्बन्ध नजिक हुने अपेक्षा गरिएको छ ।

किसानहरु बालीमा रोग लागेमा नजिको कृषि विकास फार्म आउने छन भन्ने आश लिएको प्रमुख भटराईले बताए । आर्थिक वर्ष २०७९÷०८० मा फार्मले किसानहरुलाई वेदकोट नगरपालिका वडा नम्वर ९ सुन्दरपुरमा १ सय ३६ वटा विउ भण्डारण गर्ने ड्रम, १४ क्युन्टल धानको विउ र तरकारीको विउ समेत उपलब्ध गराको कृषि बिकास र्फामका प्रमुख भट्राईले बताए ।

आगमी दिनहरुमा समेत किसान मैत्री कार्यक्रम आईरहने उनले बताए । बिवउ भण्डारण गर्ने ड्रम पाएपछि किसान खुसी भएका छन् ।

किसान रजनी बोहराले भनिन्, अब महङ्गोमा बिउ नकिन्ने घरमै बिउ भण्डारण गरिन्छ, यस्ता कार्यक्रमहरु हरेक वर्ष आउनु पर्दछ । अर्का किसान लक्षमण भट्टले भने गाँउ घरमै बिउ भण्डारण हुन्छ महङ्गोमा बिउ किन्न नपर्ने बताए ।

किसानहरुलाई मात्र १५ प्रतिसतमा बिउ भण्डारण गर्ने ड्रम ६ वटा वडा दत्र्ता किसान कृषि समुहलाई वितरण गरेको कृषि बिकास फार्मलाई वेदकोट वडा नम्वर ९ का अध्यक्ष जनक सिह बिष्टले धन्यवाद दिएका छन् । उनले यस्ता किसान मैत्रीकार्यक्रमलाई निरन्तता दिन समेत फार्मका प्रमुखलाई अनुरोध गरे ।

Himal dental
सम्बन्धित
Loading...