महेन्द्रनगर । लालझाडी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि ४६ करोड ४४ लाख ४९ हजारको बजेट ल्याएको छ । आइतबार १४ औं गाउँ सभाबाट बजेट पारित गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष निर्मल रानाको अध्क्षतामा गरिएको गाउँ सभामा अध्यक्ष रानाले नीति, कार्यक्रम र उपाध्यक्ष सपना चौधरी रानाले बजेट प्रस्तुत गरेकी थिइन् ।
सभामा छलफल गरी नीति तथा कार्यक्रम र बजेट पारित गरिएको छ । लालझाडी गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खानेपानी, सरसफाई, स्वरोजगारमूलक उद्यमशीलता लगायतका योजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता आशाराम रानाले बताउनु भएको छ ।
त्यस्तै गाउँपालिकाका प्रत्येक वडालाई न्युनतम् ४० लाखदेखि अधिकतम् ५५ लाखसम्मको रकम विनियोजन गरिएको छ ।