
महेन्द्रनगर । बेलडाँडी गाउँपालिकाले १३ औं गाउँ सभाबाट आगामी वर्षका लागि ४६ करोड ९५ लाख ७७ हजारको बजेट ल्याएको छ । कृषि , शिक्षा , स्वास्थ्य , स्वरोजगारलाई प्राथमिकता दिएर आगामी वर्ष २०८०÷०८१ का लागि बजेट ल्याइएको हो ।
गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाको अध्यक्षतामा गरिएको गाउँ सभा गरिएको छ । उनले स्वास्थ्य र गुणस्तरीयता शिक्षा , उत्पादन र आत्मनिर्भर कृषि अर्थतन्त्र , उत्पादन र मर्यादित रोजगारी , वातावरण अनुकुलन दिगो पुर्वाधार बिकास , सार्वजनिक सेवाको सुदृढीकरण र सुशासनको प्रत्याभूति, दिगो पुर्ण र उत्पादनशिल सामाजिक सुरक्षा र संरक्षणको प्रत्याभुती र स्वच्छ खानेपानीको ब्यबस्थापनलाई प्राथमकिता दिइएको बताए ।
