ghar sansar

ससुराले बुहारी भगाएपछि …………….

महेन्द्रनगर । दार्चुलाको मार्मामा एक जनाले भतिजा बुहारीलाई भगाएर फरार भएका छन् । भतिजाकी श्रीमती लगेर मार्मा गाउँपालिका ४ घोडेधारका गोबिन्द विष्ट फरार भएका छन् । सोही ठाउँकी आफ्नै बुहारी नाता पर्ने जयन्ती विष्ट लगेर गोबिन्द दुई हप्ता देखि सम्पर्क विहिन भएका बताइएको छ ।

जेठ अन्तिम साता माइत जान्छु भनेर गएकी श्रीमतीलाई काका लगेर फरार भएका जयन्तीका श्रीमान शंकर विष्टले बताए । ३ वर्ष सम्म विदेशमा कमाएको धनमाल लगेर श्रीमती काका संग भागेर गएकी उनले बताए । घरमा जयन्तीका दुई छोरा छन । श्रीमती भागेर गएपछि छोराहरुको बिच्चली भएको पीडित विष्टले दुखेसो पोखेका छन् । श्रीमती काका संग भागेपछि उनले विलौना पोखेका छन् ।

mahostaw

‘जेठ २८ गते घरबाट माइत घर जान्छु भनी गएकी र माईती घर बाट घर आउदा खेरि सोही ठाउँ मार्मा गाँउपालीका वडा नं ४ घोडेधार बस्ने काका गोबिन्द बिष्टले श्रीमती जयन्ती बिष्टलाई बिचबाटोबाट भगाएर लगेको र मैले विदेशमा ३ बर्ष बिताएर नखाई नलाई घामपानि नभनि दुख कष्ट झेलेर कमाएको आधा रकम पनि पहिलै देखिनै खाईदिएको र करिब एक तोला सुनका गरगहना सहिद लगेर दुईटै जना फरार भएका छन् ।

बाल बच्चाहरुको बेहाल बनाई दियो,सार्है दुख्ख दिएर गई ,उनले भने ।’ श्रीमतीको खोजिका लागि दार्चुला प्रहरीमा निवदेन दिएको समेत विष्टले बताए । 

Himal dental
सम्बन्धित
Loading...