ghar sansar

किसान महासंघले मनायो धान दिवस, तिल्केनीमा महाबीर साउँदको खेतमा गरियो रोपाईँ

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा एमाले सम्बद्ध अखिल नेपाल किसान महासंघ जिल्ला कमिटी कञ्चनपुरले २० औं धान दिवस मनाएको छ । भीमदत्त नगरपालिका १० तिल्केनी प्रगति टोलमा स्थानीय महाबीर साउँदको खेतमा धान दिवस मनाइएको छ ।

,orning glory badhai

कार्यक्रममा एमालेका नेता, कार्यकर्ता र किसान सहभागी भएका छन् । एमाले पोलिटब्युरो सदस्य एवम कञ्चनपुर जिल्ला ईन्चार्ज नारदमुनी रानाको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ ।

dirghayi clinic

कार्यक्रममा एमाले केन्द्रीय सदस्य नर बहादुर धामी, सुदूरपश्चिम प्रदेश सभा सदस्य हिरा सिह सार्की, एमाले जिल्ला कमिटी सचिव पल्लव राज भट्ट ,उप सचि कर्ण बहादुर चन्द ,किसान महासंघका केन्द्रीय सदस्य एवम् जिल्ला सह ईन्चार्ज माधवी भट्ट, अखिल नेपाल महिला संंघ कञ्चनपुरका अध्यक्ष चिनी गिरी लगायतका सहभागी भएका छन् ।

किसान महासंघ कञ्चनपुरका अध्यक्ष राम बहादुर बुडाको अध्यक्षतामा कार्यक्रम गरिएको छ । अध्यक्ष बुडाले असार १५ गते किसानका लागि महत्वपूर्ण दिन भएकाले सबैले उत्साह पूर्वक मनाउनु पर्नेमा जोड दिए ।

 

Himal dental
सम्बन्धित
Loading...