ghar sansar

वर्षौपछि जग्गाको मालिक बन्दै छन् कृष्णपुरका वासिन्दा, भोलिदेखि जग्गाधनी पूर्जा वितरण थालनी

khasi

महेन्द्रनगर । कृष्णपुर नगरपालिकाका वासिन्दा वर्षौपछि जग्गाको मालिक बन्न लागेका छन् । कृष्णपुरमा शनिबारदेखि जग्गाधनी पूर्जा वितरण गर्ने तयारी गरिएको छ ।

नगरपालिकाले पहिलो चरणमा सेतो पूर्जा भएका वासिन्दालाई रातो पूर्जा दिन लागेको हो । त्यसका लागि शनिबार नगरपालिकामा औपचारिक कार्यक्रम राखिएको छ । कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री रन्जिता श्रेष्ठलाई आमन्त्रण गरिएको छ ।

कृष्णपुरका मेयर हेमराज ओझाले मन्त्री श्रेष्ठबाट जग्गाधनी पूर्जा वितरण गर्ने कार्यक्रम तयार गरिएको बताए । ‘भोलि मन्त्रीज्यूबाट सेतो पूर्जा भएका वासिन्दालाई रातो पूर्जा दिन्छौ, त्यसपछि वहाँहरु वास्तविक जग्गाको मालिक हुनु हुन्छ ।’

राष्ट्रिय भूमि आयोगबाट तयार गरिएका पाँच दर्जन बढी पूर्जा शनिबार वितरण गर्न लागिएका छन् । आयोगले तयार गरेका ती पूर्जा शनिबार कार्यक्रम अघि नगरपालिका कार्यालय पुग्ने छन् । ती सबै पूर्जा वडा नं. ७ का वासिन्दाका हुन् ।

dirghayi clinic

राष्ट्रिय भूमि आयोगको कार्यविधिमा विगतका आयोगले गरेका अधुरा कामलाई सेतो पूर्जाका रुपमा राखिएको छ । कृष्णपुरमा सेतो पूर्जा हुने वासिन्दा ८ हजार बढी छन् । अहिले आयोगले तयार गरेका पूर्जा वासिन्दालाई वितरण गर्न लागिएको हो ।

‘यो सेतो पूर्जा भनेको विगतको आयोगको पालामा अपुरो अधुरो रहेको काम हो, आयोगबाट वडा नं. ७ का वासिन्दाका लागि पूर्जा बनेका छन्, अहिले ती बनेका पूर्जा बाँड्छौ’ मेयर ओझाले भने ।

कृष्णपुरमा सबैभन्दा बढी अव्यवस्थित बसोबासी छन् । जिल्लाभर सबैभन्दा बढी अव्यवस्थित बसोबासी कृष्णपुरमा छन् । कञ्चनपुरमा जग्गाधनी पूर्जा वितरणका लागि भूमि आयोगसित कृष्णपुरले नै सबैभन्दा पहिलो सम्झौता गरेको थियो । 

गत वर्ष स्थानीय तह निर्वाचनमा निर्वाचित भएपछि मेयर ओझाले पूर्जा वितरणलाई प्राथमिकता दिएर कामकाज अघि बढाएका थिए । उनले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा समेत भूमि आयोकगको कामकाजलाई निरन्तरता दिएका थिए । निर्वाचन आचार सँहिता विपरित जग्गाको काम गरिएको भन्दै उजुरी परेपछि मेयर ओझालाई निर्वाचन आयोगले स्पष्टिकरण समेत सोधेको थियो ।

Himal dental
सम्बन्धित
Loading...