ghar sansar

पेटभित्र भेटियो हिरोइन, वान्ता गराएर निकालियो बाहिर

महेन्द्रनगर । बेलौरी नगरपालिका १० भुडा सडकघाटबाट लागु औषध सहित दुई जना पक्राउ परेका छन् । प्रहरी चौकी भुडाको टोलीले शुक्लाफाँटा नगरपालिका ७ का भरत सिह र सोही ठाउँका नरेन्द्र सिह ठगुन्नालाई पक्राउ गरिएको हो ।

daimond public

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले मोटरसाइकलमा सवार दुबै जनालाई शंका लागेर जाँच गर्दा लागु औषध खैरो हिरोइन भेटिएको बताए ।

lotus institite

प्रहरीले शंका लागेर सु.प.प्र.०२००३ प ७९७८ नम्बरको मोटरसाईकल चलाई रहेका सिह र उनको पछाडि बसेका ठगुन्नालाई नियन्त्रणमा लिएर चौकीमा लगेको थियो । प्रहरी चौकीमा सिहले खैरो हिरोइनको पोका बनाएर सेवन गरेको खुलेपछि प्रहरीले उनलाई वान्ता गराएर हिरोइन बरामद गरिएको छ ।

वान्ता गरेपछि सिहको पेटबाट दुई पोकामा ३ ग्राम ४७ मिलिग्राम लागु औषध (खैरो हेरोईन) निस्केको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डाँगीले दुबै जनालाई हिरासतमा रखेर अनुसन्धान थालिएको जानकारी दिए ।

Himal dental
सम्बन्धित
Loading...