महेन्द्रनगर । समाज कल्याण अञ्चल बाल अनाथालयको अध्यक्षमा दयाकृष्ण जोशी चयन भएका छन् । अनाथालयको शनिबार सम्पन्न ११ औं वार्षिक साधारण सभाबाट जोशीको अध्यक्षतामा नयाँ समिति चयन गरिएको छ ।
समितिको उपाध्यक्षमा हिरा चन्द, सचिव लवराज भट्ट, कोषाध्यक्ष विजया लक्ष्मी अवस्थी र सदस्यमा गंगा प्रशाद खरेल, भगवती थापा, लक्ष्मी देबी बोहरा, भुवन कुवँर केसी, प्रेमराज अर्याल, दिनेश मल्ल र राकेश बहादुर चन्द चयन भएका छन् ।
समितिको सल्लाहकारमा निवर्तमान अध्यक्ष पुर्ण बहादुर चन्द सहित नारद पाण्डे, लिलाध्वज वस्नेत, चित्राङ थापा, डा. भोजराज पन्त, धनसिह बडाल, लवदेव पाण्डे, कमला सापकोटा र सुशीला चन्द छन् ।
निवर्तमान अध्यक्ष चन्दको अध्यक्षतामा गरिएको उद्घाटन सत्रमा सुदूरपश्चिम प्रदेशका निवर्तमान आर्थिक मामिला मन्त्री प्रकाश रावल प्रमुख अतिथि थिए । कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य मधुदेवी भारती र जिल्ला समन्वय समितिका प्रमुख दुर्गा बोहरा विशिष्ठ अतिथि थिए ।
कार्यक्रममा अनाथालयका संस्थापक स्वर्गिय मदन चन्दलाई मरणोउपरान्त कदर पत्र सहित सम्मान गरिएको छ । स्वर्गिय चन्दकी धर्मपत्नि र छोराले उनको सम्मान ग्रहण गरेका थिए । अनाथालयका दाताहलाई प्रशंसा पत्र र आजीवन सदस्यहरुदलाई सदस्यता प्रदान गरिएको छ ।
साधारण सभाबाट अनाथालयका लागि अक्षय कोष स्थापना गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि रावलले अनाथालयमा एउटा बोरबेल तथा अक्षयकोषका लागि ५५ हजार ५ सय सहयोग गर्ने पतिवद्धता गरे ।