ghar sansar

कृष्णपुरका मेयरले यसरी देखाए काम, बाँड्न थाले जग्गाधनी पूर्जा

khasi

महेन्द्रनगर । कृष्णपुर नगरपालिकामा विगतका आयोगले जग्गा सम्बन्धि अधुरा छाडेका कार्यलाई पूर्णता दिएर जग्गाधनी पूर्जा हस्तान्तरण गरिएको छ ।

राष्ट्रिय भूमि आयोग कञ्चनपुरले शनिबार आयोगको बाँकी काम सम्पन्न गर्ने कार्यविधि २०७८ बमोजिम तयार गरिएका जग्गाधनी पूर्जा भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी हस्तान्तरण गरिएका छन् ।

dirghayi clinic

कृष्णपुरका मेयर हेमराज ओझाको अध्यक्षतामा गरिएको कार्यक्रममा वडा नं. ७ का ६५ जनालाई पूर्जा वितरण गरिएको छ । कार्यक्रममा नगर प्रमुख ओझाले भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री माननीय रन्जिता श्रेष्ठ चौधरी ज्युलाई भुमिहिन दलित,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि जुन जग्गाधनी पुर्जा तयार हुँदैछन् त्यसको राजस्व असाध्यै बढी भएको र नागरिकले त्यति महंगो राजस्व तिरेर जग्गाधनी पुर्जा लिन सक्ने अवस्था नगरेको भन्दै यसबारेमा पुनर्विचार गर्न आग्रह गरेका छन् ।

उनले पूर्जा वितरण सुरुवात मात्रै भएको र आगामी दिनमा जग्गाधनी पुर्जा वितरणको कामलाई तिब्रता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...