
महेन्द्रनगर । कञ्चनपुरका पाँच स्थानीय तह पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा गरिएका छन् । जिल्लाका सबै पालिकालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा गर्ने कार्यक्रम अनुसार हालसम्म पाँच पालिकालाई घोषणा गरिएका छन् ।

आइतबार बेदकोट नगरपालिका र दोधारा चाँदनी नगरपालिकालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा गरिएको छ । ती दुबै कार्यक्रममा जिल्ला समन्वय समितिका पदाधिकारी सहित स्थानीय सरकारका जनप्रतिनिधि, कर्मचारी लगायतका सहभागी भएका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष दुर्गादत्त बोहराको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ । कार्यक्रमको अध्यक्षतामा सम्बन्धित पालिकाका प्रमुख गरेका छन् ।
आइतबार बेदकोटमा मेयर भोजराज बोहरा र दोधारा चाँदनीमा मेयर किशोर कुमार लिम्बुले कार्यक्रमको अध्यक्षता गरे ।
यस अघि बेल्डाँडी गाउँपालिका, शुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा गरिएको थियो ।
