ghar sansar

पुनर्वासलाई पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा

little buddha academy
khasi

महेन्द्रनगर । पुनर्वास नगरपालिकालाई सोमबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा गरिएको छ । नगरपालिकाका सबै ११ वडाका खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो ।

कार्यक्रममा पुनर्वास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर धामीले प्रतिवदेन प्रस्तुत गर्दै नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषण गर्नको लागि वडा—वडामा गई खोप अभियान सञ्चालन गरेको बताए । उनले पालिका पूर्ण खोपयुक्त सुनिश्चित भएको विषयमा जिल्ला खोप समन्वय समितिलाई पनि जानकारी दिएको बताए ।

,orning glory badhai

प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको बताए । घरधुरी सर्वेक्षण गर्दा १६ महिना देखि ५९ महिनासम्मका खोप नलगाएका २जना बालवालीकाहरु र आंशिक १०६ जना बालबालिकाहरू भेटिएका थिए ।

dirghayi clinic

सर्वेक्षणमा भेटिएका ति बालवालीकाहरुलाई नगरपालिकाले बैशाख महिना भित्र खोप अभियान सञ्चालन गरी पुर्ण खोप दिइसकने धामीले बताउनु भएको छ । हाल खोप पाईरहेका १६ महिना सम्मका बच्चाहरुको संख्या नगरपालिका भर २ हजार ९ सय ३९जना रहेका छन् भने खोप सर्वेक्षणबाट पुनर्वास नगरपालिकामा ३ हजार ५१ जना, १६ महिना देखि ५ ९ महिना सम्मका बालबालिकाहरु रहेको प्रतिवेदनमा उल्लेख रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला समन्वय समितिका प्रमुख दुर्गा दत्त बोहराले पुनर्वास नगरपालिका पूर्णखोप सुनिश्चिता तथा दिगोपना नगरपालिका घोषण भएकोमा बधाई दिदै पूर्णखोप नगरपालिका घोषणा भईसकेपछि आगामी दिनमा पनि नगरपालिकाका सम्पुर्ण बालबालिकालाई खोप लगाउन नछुटाउनको लागि सबै बालबालिकाका अविभावकसंग समन्वय गरी खोप कार्यक्रम सञ्चालन गर्न पुनर्वास नगरपालिका स्वास्थ्य शाखालाई आग्रह गरेका छन् ।

पुनर्वास नगरपालिकाका प्रमुख तोय प्रसाद शर्माले पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा भएकोमा खुसी व्यक्त गर्दै नगरपालिकालाई पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

जिल्ला खोप समन्वय समितिका संयोजक दुर्गा दत्त बोहराको प्रमुख आतिथ्य र पुनर्वास नगरपालिकाका प्रमुख तोय प्रसाद शर्माको अध्यक्षतामा कार्यक्रम गरिएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख राम कुमारी राना विशिष्ठ अतिथि थिइन् । कार्यक्रममा पुनर्वास नगरपालिकाका उप प्रमुख भुलिया कुमारी राना, नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव सिँह धामी,प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐर, जिल्ला खोप शाखा फोकल पर्सन जनक कुँवर र वरिष्ठ जनस्वास्थ्य अधिकृत दया कृष्ण पन्त लगायतका सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...