ghar sansar

पुरानै ग्रेडिङ पद्धति अनुसार एसइई नतिजा सार्वजनिक

little buddha academy
khasi

महेन्द्रनगर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ( एसइई) को नतिजा सार्वजनिक गरेको छ। बिहीबार बसेको बोर्ड बैठकले नतिजा प्रकाशन गर्ने निर्णय गरेसँगै पत्रकार सम्मेलनमा नतिजा प्रकाशन भएको परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए ।

बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले भने, ‘नतिजा सार्वजनिक भइसक्यो, विद्यार्थीहरूले आफ्नो नतिजा हेर्न सक्ने छन् ।’

,orning glory badhai
dirghayi clinic

एसइई गत चैत १७ गते देखि २९ गतेसम्म सञ्चालन भएको थियो। बोर्डका अनुसार परीक्षामा ५ लाख १६ हजार ५९१ जना परीक्षार्थीहरू सहभागी भएका थिए ।

बोर्डले पुरानै ग्रेडिङ पद्धति अनुसार नतिजा सार्वजनिक गरेको छ। विद्यार्थीले नतिजा वेबसाइट, एसएमएस र आइभिआरबाट हेर्न सकिने गरी बोर्डले व्यवस्था गरेको छ । बोर्डका अनुसार परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा जान्न सकिनेछ ।

त्यस्तै, एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ। एसएमएसका लागि १६००, ३१००३, ३४९४९, ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...