ghar sansar

दोधारा चाँदनीमा अपाङ्गता भएका व्यक्तिलाई ह्विल चेयर

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री सहयोग गरेको छ । हेल्पिङ्ग हेण्डको सहयोगमा दोधारा चाँदनी नगरपालिका कार्यालयमा कार्यक्रम गरी १० जनालाई ह्वेल चेयर वितरण गरिएको छ ।

daimond public

दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुको अध्यक्षतामा गरिएको कार्यक्रममा हेल्पिङ्ग हेण्ड नेपालका प्रमुख जिवा पोखरेल प्रमुख अतिथि थिए । कार्यक्रममा दोधारा चाँदनीका उप मेयर गंगा देबी जोशी, प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्र लगायतका सहभागी भए ।

lotus institite

मेयर लिम्बुले गैर सरकारी संस्थासित समन्वय गरी ह्वेल चेयर विरतण गरिएको बताए । उनले नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुका लागि माग अनुसार कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा यसलाई निरन्तरता दिने बताए ।

Himal dental
सम्बन्धित
Loading...