ghar sansar

गड्डाचौकी भएर आएको समान सुकासालमा वेवारिशे अवस्थामा बरामद

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १० सुकासालबाट भन्सार छलेर ल्याएको अढाई लाख बढीका भन्सार समान बरामद गरिएको छ ।

भीमदत्त नगरपालिका–१० सुकासालबाट वेवारिशे अवस्थामा मिस्री, गाडीको फिल्टर, त्रिपाल, रसगुल्ला झोल, गाडीको हेडलाईट, गाडीका पंखा, बिस्कुट, पलाष्टिक झिल्ली, मटर दाल, पानी पुरी गरी ९६ हजार सात सय बराबरका समान बरामद गरेको प्रहरीले जनाएको छ ।

dirghayi clinic

गड्डाचौकी भन्सार नाका भएर आएको समान सुकासालमा वेवारिशे अवस्थामा बरामद भएपछि भन्सार सुरक्षामाथि प्रश्न उठेको छ ।

सीमा नाकामा सशस्त्र र जनपद प्रहरी दुबैलाई छलेर सुकासालसम्म समान पुगाउन असम्भवज छ । यस्तोमा सुरक्षाकर्मीसित मिलेमतोमा समान ल्याइएको हुन सक्ने आशंका गरिएको छ ।

यस्तै कृष्णपुर नगरपालिका–५ गुलरीयाको वनदेवी सामुदायिक वनबाट अन्दाजि एक लाख १० हजार मुल्य बराबरका बैखा जातका माछासहित से ४ प ४६९ नम्बरको मोटरसाईकल बरामद गरेको हो । ईलाका प्रहरी कार्यलय गुलरियाले बरामद गरेका सामान कारबाहीका लागि भन्सार कार्यालय गड्डा चौकी पठाएको जनाएको छ ।

 

Himal dental
सम्बन्धित
Loading...