काँग्रेसका युवा नेता खत्री रास्वपा प्रवेश

महेन्द्रनगर । नेपाली काँग्रेसका युवा नेता पुरन खत्री पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन्। भीमदत्त नगरपालिका ८ का खत्री डडेल्धुरामा आयोजित सभामा रास्वपा प्रवेश गरेका छन् । उनलाई रास्वपा सभापति रवि लामिछानेले पार्टी प्रवेश गराएका छन् ।

गत वर्ष मंसिरको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा उनी सत्ता गठबन्धनमा वडा स्तरीय प्रचार प्रसार समितिको संयोजक थिए । भीनपा ८ मा स्थानीय तह निर्वाचनमा पनि काँग्रेसले अध्यक्ष सहित सबै सदस्य जितेको थियो ।

काँग्रेसका महाधिवेशन प्रतिनिधि जनक सिह धामी सहित नेता यस अघि रास्वपा प्रवेश गरि सकेका छन् ।

सम्बन्धित
Loading...