ghar sansar

मेलौलीमा दलित ऐन मस्यौदामा छलफल

little buddha academy
khasi

बैतडी । मेलौली सामुदायिक सिकाइ केन्द्रले दलित लक्षित कार्यक्रम अन्तर्गत दलित ऐन २०८० को मस्यौदामा छलफल तथा दलित क्षमता अभिमुखिकरण र दलित महिला सहकारी विशेष कार्यक्रम सम्पन्न गरेको छ । मेलौली नगरपालिकाको सभाकक्षमा गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधि सहभागी भएका छन् ।

मेलौली सामुदायिक सिकाइ केन्द्रका कार्य वाहक अध्यक्ष बिजय पोखरेलको अध्यक्षतामा गरिएको कार्यक्रममा मेलौलीका मेयर भीम बहादुर चन्द(भुकम्प) प्रमुख अतिथि थिए । कार्यक्रममा उप मेयर पार्वती बोहरा बिष्ट ,राष्ट्रिय भूमि अधिकार मञ्चका संयोजक नरि राम लुहार, प्रमुख प्रसासकिय अधिकृत सपना कार्की ,वडा नं. नम्बर ९ का अध्यक्ष लोकराज भट्ट ,वडा नं. ५ का अध्यक्ष भरत पुजारा, कार्यपालिका सदस्य तथा दलित अगुवा मेलौली दलित सञ्जालका अध्यक्ष शुरेश परियार , उपाध्यक्ष चेत राम नेपाली ,कार्यपालिका सदस्य धरम सिंह दयाल ,कार्यपालिका सदस्य धना तिरुवा विक, मानमती कामी, राष्ट्रिय भूमि अधिकार मञ्च उदयपुरका संयोजक फुर्तिमान राई,नेपाली कांग्रेसका नेता शेरी राम पार्की, माओवादी केन्द्र का हजारी राम दमाई लगायतका सहभागी भएका छन् ।

,orning glory badhai

कार्यक्रम सञ्चालन तथा सहजीकरण कार्यपालिका सदस्य धरम सिह दयालले गरे । कार्यक्रममा राष्ट्रिय भुमि अधिकार मन्चका संयोजक नरि राम लुहारले काम र कानुनका आधारमा जात नभएको बताएका थिए । धेरै वडामा दलित समुदायको अवस्था दयनीय भएको, कोही सीप हुँदाहँुदै पनि लगानी अभाव ,जनचेतनाको कमिले पनि बेरोजगार भएर बस्नु परेको अब मानिसको क्षमता पहिचान गरी रोजगारी सिर्जना गर्नुमा सरकारले ध्यान दिनु पर्ने उनको भनाई थियो ।

dirghayi clinic

लगानी धेरै उत्पादन थोरै भएको कारणले देश छोड्नु पर्ने बाध्यता आएको ,आफ्नो खेतबारी बाँझो रोखर विदेशको सामाग्री किनेर खानु पर्ने बाध्यता देखिएको उल्लेख गर्दै उनले त्यसलाई मध्यनजर गरी कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए ।

कुनै पनि समुदायको उत्थान, विकास निर्माण, सहि बाटोमा हिँडाउन एउटा नियम कानुन र समाजलाई बाँध्ने डोरी आवश्यक हुने भएकोले मेलौलीमा पनि दलित ऐनको आवश्यक रहेको मेलौली ९ का वडा अध्यक्ष लोकराज भट्टले बताए ।

समाज परिवर्तन र कुनै पनि समुदायमा सानो ठूलो नभनी एकरुपता कायम गरि सभ्य सुन्दर समाज बनाउने कार्यमा आफू निरन्तर लाग्ने नगर–प्रमुख बोहराले बताइन् ।

समाजमा अहिले धेरै जसो परिवर्तन भए पनि आफुले सोचेको र परिकल्पना गरेको समाज निर्माण हुन नसकेकोले आफ्ना कदम एउटा सुन्दर समाज निर्माणमा लागेको उनको भनाई थियो ।

Himal dental
सम्बन्धित
Loading...