ghar sansar

वडा अध्यक्ष देवकोटाले खुवाए सालघारीका मजदुर र भूमिहिनलाई शुद्ध पानी

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ सालघारीका का मजदुर र भूमिहिन परिवारले शुद्ध खानेपानी खान पाएका छन् । जग्गाधनी पूर्जा नभएर धारा जडान गर्न नसकेका उनीहरुका लागि वडा कार्यालयले नेपाल खानेपानी संस्थानसित समन्वय गरी धारा जडान गरेको हो ।

मजदुर र भूमिहीन परिवारले बसोबास गर्दै आएका सात टोलका १४ स्थानमा खानेपानीको धारा जडान गरिएका छन् । ती धाराबाट ६ सय ७३ परिवारलाई शुद्ध खानेपानी सुविधा पुगेको वडा अध्यक्ष रविन्द्र देवकोटाले बताए ।

,orning glory badhai

यस हेण्डपम्पको पानी खाँदै आएका उनीहरु बजार क्षेत्रको ढल सालघारीमा फालिएपछि पानी दुषित भएपछि धारा जडानका लागि माग गर्दै आएका थिए ।

dirghayi clinic

स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष देवकोटाले उनीहरुलाई शद्ध खानेपानी उपलब्ध गराउने वाचा गरेका थिए । त्यस अनुसार उनले वडा अध्यक्ष निर्वाचित भएपछि सालघारीका मजदुर र भूमिहिन परिवारलाई शुद्ध खानेपानी पुगाउने पहिलो निर्णय गरेका थिए ।

वडा अध्यक्ष देवकोटाले सालघारीमा फालिएको बजारको ढल मिसिएर पानी दुषित भएर पनि स्थानीय हेण्डपम्पको पानी खान बाध्य भएकाले वडा कार्यालयले प्राथमिकता दिएको बताए । नेपाल खानेपानी संस्थानसित सहकार्य गरी धारा जडानका लागि वडा कार्यालयले गत वर्ष बजेट छुट्याएको थियो ।

वडा अध्यक्ष देवकोटाले आइतबार विहान गौरामातादेवी टोलमा धारा उद्घाटन गरेका छन् । उनी गौरामाता देवी टोलपछि अन्य टोलमा पनि पुगेका छन् ।

धारा जडान भएपछि गरीब वासिन्दाले वर्षौपछि शुद्ध खानेपानी खान पाएको स्थानीय दान सिह विष्टले बताए । ‘यो दुषित पानी खाई रहेका थियौ, धेरै पटक भन्यौ, कसैले सुनेन, जग्गाधनी पूर्जा नभएर कसैले पनि धारा जोड्न मानेन’ उनले भने,‘अहिले बल्ल वडा कार्यालयले धारा जडान गरी शुद्ध खानेपानी खुवाएको छ, वडालाई धन्यवाद दिन चाहन्छौ ।’

 

Himal dental
सम्बन्धित
Loading...