ghar sansar

एसईईमा सकियो कोरोना महामारीको त्रास, कञ्चनपुरमा नतिजा सुधार

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुरमा एसईई परीक्षाको नतिजा सुधार देखिएको छ । अघिल्लो वर्ष शैक्षिक सत्र २०७८ को तुलनामा यस वर्ष बढी जीपिए ल्याएर उत्तीर्ण हुने विद्यार्थी संख्या बढेको छ ।

गत वर्ष र यस वर्षको नतिजा तुलना गर्दा माथिल्लो जीपिए ल्याउने विद्यार्थी संख्या बढेको छ । यस वर्ष माथिल्लो जीपिए ल्याउने विद्यार्थी बढेका छन् भने गत वर्षको तुलनामा तल्लो जीपीए ल्याउने विद्यार्थी संख्या घटेको छ ।

,orning glory badhai

यस वर्ष ७२ जनाले ३.६ देखि ४ जीपीए ल्याएका छन् । यो गत वर्ष भन्दा ६ जना बढी हो । गत वर्ष यो जीपीएमा ६६ जना थिए ।

३.२ देखि ३.६ जीपीएमा ५० जना थपिएर यस वर्ष ४ सय ५० पुगेका छन् । गत वर्ष ४ सय जना थिए । यसैगरी २.८ देखि ३.२ जीपीए ल्याउने विद्यार्थी ९ सय १५ छन् । गत वर्ष यो संख्या ८ सय ७ थियो ।

२.४ देखि २.८ जीपीएमा १ हजार ३ सय ७० विद्यार्थी छन् । जबकी यो संख्या गत वर्ष १ हजार १ सय ४१ थियो । १ हजार ७ सय विद्यार्थीले गत वर्ष ल्याएको २ देखि २.४ जीपीएमा यस वर्ष १ हजार ८ सय ६९ विद्यार्थी छन् ।

dirghayi clinic

१.६ देखि २ जीपीए भन्दा तल विद्यार्थी संख्या घटेको छ । गत गत वर्ष २ हजार ४ सय ५२ विद्यार्थीको १.६ देखि २ जीपीए भएकोमा यस वर्ष यो सख्या घटेर २ हजार ७ सय ७७ पुगेको छ ।

१.२ देखि १.६ जीपीएमा पनि विद्यार्थी घटेका छन् । गत वर्ष २ हजार ५ सय ९ भएकोमा यस वर्ष यो संख्या २ हजार १ सय ३६ मा झरेको छ । गत वर्ष ४ सय ९७ जना ०.८ देखि १.२ जीपीए भएकोमा यस वर्ष यो संख्या १ सय भएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरका इकाई प्रमुख उप सचिव दिपकराज कलौनीले कोरोना महामारीपछि यस वर्ष एसईई परीक्षाको नतिजा सुधार भएको बताए । ‘कोरोना महामारीपछि नतिजा सुधार भएर आएको छ,’ उनले भने,‘गत गत वर्ष र यस यस वर्षको तुलना गर्दा जीपीए सुधार भएको देखिन्छ, यसले समग्र नतिजा सुधार आएको भन्न सकिन्छ ।’

विद्यालयमा पठनपाठन सुधार, शिक्षकलाई तालिम, शिक्षण संस्थामा भौतिक सुधार लगायतका कारणले नतिजा सुधार आएको इकाई प्रमुख कलौनीले बताए ।

यस वर्ष ९ हजार ७ सय ३४ विद्यार्थी एसईई परीक्षमा सहभागी भएका थिए । गत वर्ष ९ हजार ९ सय ४४ विद्यार्थी सहभागी भएका थिए ।

Himal dental
सम्बन्धित
Loading...