बजारमा कहाँबाट आयो यसरी ह्वारह्वार्ती भारु

महेन्द्रनगर । आर्थिक मन्दीले बजार सुस्ताएका बेला बजारमा एकाएक भारतीय रुपैँया आएपछि पेट्रोल पम्पले कारोबार गर्न छाडेका छन् । बैंकले भारतीय रुपैँया जम्मा नगर्ने भन्दै पम्पहरुले भारुमा कारोबार छाडेका छन् ।

पम्पहरुले भारतीय रुपैँया चल्दैन भनेर सूचना टाँस गरेका छन् । केही वर्ष अघिसम्म जग्गा बाहेक अन्य सबै कारोबार भारुमै हुने दोधारा चाँदनीमा समेत पम्पले भारु लिन छाडेका छन् ।

भारतीय रुपैँयालाई बैंकहरुले जम्मा गर्न नमानेपछि काराबोर बन्द गरिएको पम्प सञ्चालकहरुले दावी गरेका छन् । भारतमा काम गर्ने नेपाली र र भारतीय रुपैँयाको कारोबारमा संलग्नबाट बजारमा भारतीय रुपैँया आएको आशंका गरिएको छ ।

आर्थिक मन्दी बढेपछि केही महिनादेखि बजारमा एकाएक भारतीय रुपैँया आएको छ । बजारमा भारतीय रुपैँया कसरी आयो भन्ने यकिन कारण बाहिर आएको छैन ।

भारु चल्न छाडेपछि भारतीय नागरिक आउने होटल र पर्यटन क्षेत्र अप्ठेरोमा परेको छ । अहिले भारतीय रुपैँया एक सयलाई रुmपैँयााई एक सय ५० नेरुमा बिक्री गर्न पर्ने बाध्यता छ । १ सय भारुको बिक्री विनिमयर दर १६० हो । भारतीय रुपैँयाको कारोबार घटेपछि खरिद बिक्री ४० प्रतिशत घटेको व्यवसायी बताउँछन् ।

सम्बन्धित
Loading...